मङ्गलबार, १८ असार २०८१
ताजा लोकप्रिय

रसुवामा एमालेले टुङ्ग्यायो गाउँपालिका अध्यक्ष र उपाध्यक्षका उम्मेदवार

शनिबार, १० वैशाख २०७९, १३ : ३७
शनिबार, १० वैशाख २०७९

नेकपा एमालेले रसुवामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्षका उम्मेदवार टुङ्ग्याएको छ । ३० वैशाखमा हुने स्थानीय तह निर्वाचनका लागि एमालेले जिल्लामा गाउँपालिका अध्यक्ष तथा उपाध्यक्ष पदका लागि उम्मेदवार टुङ्ग्याएको हो । 
एमाले रसुवाका सचिव जनार्दन ढकालका अनुसार गोसाइँकुण्ड गाउँपालिकाको अध्यक्षमा कैसाङ नुर्पु तामाङ र उपाध्यक्षमा प्रतिमा तामाङ, उत्तरगया गाउँपालिकाको अध्यक्षमा माधव अर्याल, उपाध्यक्षमा चमेली गुरुङ, कालिका गाउँपालिकाको अध्यक्षमा कमलनाथ आचार्य, उपाध्यक्षमा अम्बिका भट्ट पौडेल, नौकुण्ड गाउँपालिकाको अध्यक्षमा सिर्जना लामा, उपाध्यक्षमा चन्द्रबहादुर तामाङ र आमाछोदिङ्मो गाउँपालिकाको अध्यक्षमा तेब्रेल तामाङ र उपाध्यक्षमा नवीना लार्मा चयन भएका छन् । 

रसुवामा पाँचवटा गाउँपालिका अन्तर्गत २७ वडा छन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा एमालेले कालिका र गोसाइँकुण्ड गाउँपालिकामा अध्यक्ष र पाँचवटै गाउँपालिकामा उपाध्यक्षमा जितेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप