भारत : एकै परिवारका पाँचजनाको शव भेटिँदा के भन्छ प्रहरी ?
शनिबार, १० वैशाख २०७९, १२ : ५२
![भारत : एकै परिवारका पाँचजनाको शव भेटिँदा के भन्छ प्रहरी ?](https://rpcdn.ratopati.com/media/albums/india_SULhhz4760.jpg)
भारतको उत्तर प्रदेशको प्रयागराजमा एकै परिवारका पाँचजनाको शव भेटिएको छ । शनिबार प्रहरीले यसबारे जानकारी दिएको हो । समाचार एजेन्सी पिटिआईका अनुसार मृत्यु हुनेमा ५५ वर्षीय राजकुमार यादव, उनकी २५ वर्षीया छोरी मनिषा, उनकी श्रीमती कुसुम, बुहारी सबिता र दुई वर्षकी नातिनी मिताक्षी रहेका छन् ।
प्रहरीका पिटिआईलाई दिएको जानकारी अनुसार उक्त वारदात शुक्रबार अबेर राती भएको हो । त्यतिबेला राजकुमारका छोरा सुनिल घरमा थिएनन् । उनी एक विवाहमा गएका थिए । प्रहरीले अनुसन्धानका लागि डग स्क्वाड र फरेन्सिकको टिमलाई घटनास्थल पुर्याइएको र प्रमाण जुटाइँदै गरेको जानकारी दिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
टिकटकबारे अन्तिम सुनुवाइ गर्न तयार भयो अमेरिकी सर्वोच्च अदालत
-
लगातार बैठक बोलाउने तयारीमा एमाले
-
अमेरिकाको प्रतिबन्धमा परे ब्यालेस्टिक मिसाइल कार्यक्रममा संलग्न चार पाकिस्तानी कम्पनी
-
‘औषधिको निरीक्षण र नियमन यथेष्ट मात्रामा भइरहेको छैन’
-
नौमुरे जलविद्युत आयोजनालाई सधैँ जनशक्ति र बजेट अभाव
-
शुक्लाफाँटाको दुर्गम क्षेत्रमा प्रहरी चौकी स्थापना गर्न माग