माओवादीले सल्यानमा टुंगो लगायो ७ पालिकामा उम्मेदवार

नेकपा माओवादी केन्द्रले सल्यानका १० पालिकामध्ये ७ पालिकामा सर्वसम्मत उम्मेदवार टुंगो लगाएको छ । अन्य तीन पालिकामा भने धेरै आकांक्षी भएकाले उम्मेदवार टुंगो लागेको छैन । शारदा नगरपालिकामा मेयरमा प्रमोद श्रेष्ठ, बनगाड कुपिण्डे नगरपालिका मेयरमा कर्णबहादुर बुढाथोकी, कालिमाटी गाउँपालिका अध्यक्षमा पुरुषोत्तम भट्टराई, कपुरकोट गाउँपालिका अध्यक्षमा प्रकाश भण्डारीको सिफारिस गरिएको छ ।
यस्तै त्रिवेणी गाउँपालिका अध्यक्षमा राजेन्द्र थापा, सिद्ध कुमाख गाउँपालिका अध्यक्षमा रामबहादुर बुढाथोकी र दार्मा गाउँपालिकाका अध्यक्षमा निमबहादुर केसीको नाम सर्वसम्मत सिफारिस भएको माओवादी केन्द्र सल्यानका संयोजक कृतिबहादुर पुनले बताए ।
पुनका अनुसार बागचौर नगरपालिकाबाट ६ जना, कुमाख गाउँपालिकाबाट ५ जनाको नाम सिफारिस भएको छ । छत्रेश्वरीबाट अहिलेसम्म कसैको नाम सिफारिस गरिएको छैन, यहाँ सहमतिका लागि प्रयास भैरहेको गाउँ कमिटी अध्यक्ष प्रेम खड्काले बताए ।
नेपाली काँग्रेस र नेकपा नेकपा एकीकृत समाजवादीसँग चुनावी तालमेलमा सहमति नभएपछि माओवादीले आफ्नो तर्फबाट प्रमुखमा सर्वसम्मत सिफारिस गरेको हो । तर, अझै पनि माओवादीले सत्ता गठबन्धन गर्न छलफल जारी राखेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘आतङ्कवादी हमला केवल भारत–पाकिस्तानको मुद्दा होइन, सम्पूर्ण दक्षिण एसियाको क्षेत्रीय समस्या हो’
-
नेपालका श्रमिकको जीवनस्तर उकास्न जापानको महत्त्वपूर्ण भूमिका : श्रममन्त्री
-
मधेसमा नयाँ रङ्गशाला निर्माण र पुराना संरचना मर्मत गर्न बजेट विनियोजन गरिने
-
बद्रीनारायण धामलाई धार्मिक पर्यटकीय गन्तव्यका रूपमा विकास गर्छौं : मुख्यमन्त्री लामा
-
१० बजे १० समाचार : एमालेमा गुटगत प्रतिशोधदेखि कांग्रेसमा देउवाको ब्रिफिङसम्म
-
खोटाङको बराहपोखरी गाउँपालिका : ६७ वटा योजना सम्झौता गरिएकामा ४१ वटा योजना सम्पन्न