सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

नुवाकोटको विदुर नगरपालिकाको उपमेयर उम्मेदवारमा प्रभा बोगटी

शनिबार, १० वैशाख २०७९, १२ : १८
शनिबार, १० वैशाख २०७९

नुवाकोटको विदुर नगरपालिकाको उपमेयरमा माओवादी केन्द्रले प्रभा बोगटीलाई उम्मेदवार बनाउने निर्णय गरेको छ । उनी माओवादी नेता दिवंगत पोष्टबहादुर बोगटीकी छोरी हुन् ।  माओवादीको विदुर नगरपालिका कमिटी अध्यक्ष रहेकी उनलाई पार्टीले मेयरको उम्मेदवार बनाउने निर्णय गरेको थियो । तर, काँग्रेससँगको तालमेलपछि माओवादीको भागमा उपमेयर परेपछि बोगटीलाई नै उपमेयरको उम्मेदवार बनाउने निर्णय भएको माओवादी केन्द्रका नेता हिरानाथ खतिवडाले जानकारी दिए । 

मेयर पाएको काँग्रेसले भने उम्मेदवारको अन्तिम टुंगो लगाइसकेको छैन । विदुरमा काँग्रेस र एमालेबीच एकलौटी ढंगले भागबण्डा गरिएको भन्दै सत्ता गठबन्धनमा रहेका जसपा र नेकपा एकीकृत समाजवादीले असन्तुष्टि जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप