भैरव अर्यालको प्रतिमा अनावरण
नेपाली साहित्यका विराट प्रतिभा स्वर्गीय भैरव अर्यालको प्रतिमा अनावरण गरिएको छ । अर्यालका घनिष्ठ मित्र समेत रहनु भएका वरिष्ठ साहित्यकार÷पत्रकार आदरणीय रोचक घिमिरेले शनिवार एक कार्यक्रमबीच अर्यालको प्रतिमा अनावरण गरेका हुन् ।
साहित्यकार अर्यालको पुर्ख्यौली थलो गोकर्णेश्वर–७ मा प्रतिमा स्थापना गरिएको छ । कार्यक्रमलाई सम्बोधन गर्दै भैरव पुरस्कार गुठीका अध्यक्ष समेत रहेका घिमिरेले नेपाली व्यङ्ग्य साहित्यका महान् सर्जक अर्यालका रचनाहरू अहिले पनि उत्तिकै सान्दर्भिक रहेको बताए । व्यङ्ग्य साहित्य बाहेक समालोचना र पत्रकारितामा पनि अर्याल पोख्त रहनु भएको घिमिरेले बताए ।
वरिष्ठ साहित्यकार विजय चालिसेले व्यङ्ग्य साहित्यमा अर्याललाई कसैले अहिले सम्म चुनौती दिन नसकेको दाबी गरे । गोकर्णेश्वर नगरपालिका वडा नम्बर ७ का अध्यक्ष केशव गुरुङले राष्ट्रकै गहना अर्यालको सम्मान गर्न पाउँदा नगरपालिका परिवार गौरवान्वित भएको बताए ।
अर्यालको पूर्ण कदको सालिक (महाकवि लक्ष्मीप्रसाद देवकोटा र आख्यानकार रमेश विकल सहित) कागेश्वरी मनहरा नगरपालिकास्थित आलापोट फुयाल गाउँमा पनि रहेको छ भने अर्ध कदको सालिक हेटौडाको पुष्पलाल चोकमा अवस्थित छ । गोकर्णेश्वर नगरपालिकाको आर्थिक सहयोगमा अर्यालको पूर्ण कदको सालिकको निर्माण कार्य पनि अन्तिम चरणमा पुगेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
खाता रोक्काको औपचारिक जानकारी छैन : राष्ट्र बैंक
-
यातायात व्यवसायीले तिर्नुपर्ने स्थानीय कर वैज्ञानिक ढंगले निर्धारण गर्न रास्वपाको माग
-
रुस र पूर्वी युरोपमा कम्युनिस्टले आफ्नो धरातल गुमाएकै हो : सर्गेई मलिन्कोभिच
-
गणतन्त्र, संघीयता र धर्मनिरपेक्षता विदेशी एजेन्डा : कमल थापा
-
क्रान्तिकारी कम्युनिस्ट पार्टीको आयोजक समितिद्वारा वैद्यको दस्ताबेज अनुमोदन
-
युद्धविराम भएसँगै इजरायलले नेपालबाट केयरगिभर लैजाने