प्रहरी कर्मचारीका उत्कृष्ट ३८ सन्तानलाई उच्चशिक्षा अध्ययनमा छात्रवृत्ति (सूचीसहित)
२०७८ सालको कक्षा ११ र १२ को परीक्षामा सामुदायिक तथा निजी विद्यालयमा अध्ययन गरी सर्वोत्कृष्ट अंक हासिल गर्ने प्रहरी कर्मचारीका छोराछोरीहरूलाई उच्चशिक्षा अध्ययनका लागि छात्रवृत्ति प्रदान गरिएको छ । यसरी छात्रवृत्ति पाउनेमा ३८ जना रहेका छन् ।
प्रहरी कल्याण कोष सञ्चालन कार्यविधिअनुसार बहालवाला प्रहरी कर्मचारीका सन्तति १६ जना, सामुदायिक विद्यालयमा अध्ययन गर्ने प्रहरी कार्यालय सहयोगीदेखि नायव निरीक्षकसम्मका सन्तति १५ जना, अवकाश प्राप्त पूर्व प्रहरी कर्मचारीका सन्तति १० जना, अमर प्रहरी र अशक्त प्रहरीका सन्तति १०–१० जना गरी ६१ जनालाई छात्रवृत्ति दिने व्यवस्था छ । जसमा ७१ जनाले आवेदन दिएकामा ३८ जना छानिएका हुन् । नाम निस्केकाहरूले मासिक १,५०० का दरले वार्षिक १८,००० रुपैयाँ लगातार बढीमा ४ वर्षसम्म छात्रावृत्ति पाउने प्रहरीले जारी गरेको सूचनामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जग्गाको टुङ्गो छैन, प्रादेशिक संरचना निर्माणका लागि बर्सेनि बजेट विनियोजन
-
आज कुन तरकारी तथा फलफूलको कति छ मूल्य ? (सूचीसहित)
-
रक्तअल्पताबाट जोगाउन किशोरीहरूलाई विद्यालयमा नै आइरन चक्की
-
‘सतीदेवी’सहित तीन फिल्म विशेष घोषित
-
परराष्ट्रमन्त्री राणा आज चीन भ्रमणमा जाँदै
-
माओवादीको आधार क्षेत्र नलगाडमा कसले मार्ला बाजी ?