शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

नक्कली भारतीय नोटको मुद्दामा नेपालीलाई ५ वर्ष जेल सजाय

शनिबार, १० वैशाख २०७९, ११ : ५६
शनिबार, १० वैशाख २०७९

भारतको विशेष एनआईए अदालतले नक्कली भारतीय नोट तस्करी गरेको अभियोगमा एक नेपाली नागरिकलाई पाँच वर्षको कैद र रु दुई हजार जरिवानाको सजाय सुनाएको छ । सन् २०१४ मा नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलबाट ती नेपाली नागरिक ४९,८८,००० भारतीय रुपैयाँ बराबरको १ हजारका नक्कली भारतीय मुद्रासहित पक्राउ परेका थिए । 

सन् २०१५ मा दुई अभियुक्त व्यक्तिहरु विरुद्ध आरोपपत्र दायर गरिएको थियो । पछि २०१७ मा तीन अभियुक्तहरू विरुद्ध पूरक आरोपपत्र दायर गरिएको थियो। यस वर्षको सुरुमा एनआईए विशेष अदालतले यस मुद्दामा एक अभियुक्तलाई दोषी ठहर गरिसकेको छ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप