बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

गुजरातलाई शीर्ष स्थानमा उक्लने मौका

शनिबार, १० वैशाख २०७९, १० : ५८
शनिबार, १० वैशाख २०७९

इन्डियन प्रिमियर लिग (आईपीएल) टी–ट्वान्टी क्रिकेटमा आज (शनिबार) दुई खेल हुँदैछन् । आज हुने पहिलो खेलमा कोलकाता नाइड राइडर्सले गुजरात टाइटान्ससँग प्रतिस्पर्धा गर्दैछ ।

नावी मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार दिउँसो ३ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै गुजरात अंक तालिकाको शीर्ष स्थानमा उक्लने योजनामा छ ।

लिगमा ६ खेल खेलेको गुजरात १० अंक जोडेर तालिकाको दोस्रो स्थानमा छ । शीर्ष स्थानको राजस्थानको ७ खेलमाट १० अंक छ । यता कोलकातालाई आजको खेलमा जित निकाल्दै चौथो स्थानमा उक्लने योजनामा छ । लिगमा ७ खेल खेलेको कोलकाता तालिकाको सातौं स्थानमा छ ।

आजनै हुने अर्काे खेलमा रोयल्स च्यालेन्जर्स बैंग्लोर र सनराइजर्स हैदरावादले प्रतिस्पर्धा गर्दैछन् । मुम्बईमा हुने दुई टोलीबीचको खेल नेपाली समय अनुसार साँझ ७ः४५ मा सुरु हुनेछ । आजको खेलमा जित निकाल्दै बैंग्लोर तालिकामा आफूलाई बलियो बनाउने योजनामा हुनेछ । यता हैदरावाद पनि सहज जितको अपेक्षामा हुनेछ ।

 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप