एमाले काठमाडौँ महानगरको प्रतिवद्धता–पत्र तीन भाषामा
नेकपा (एमाले) ले काठमाडौं महानगरको चुनावी प्रतिवद्धतापत्र तीन भाषामा सार्वजनिक गरेको छ । एमाले काठमाडौं महानगर कमिटीले शुक्रबार तीन भाषाको प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो । एमालेले नेपाली, नेपालभाषा (नेवाः) र अंग्रेजी भाषामा आफ्नो प्रतिवद्धतापत्र सार्वजनिक गरेको हो ।
उक्त प्रतिवद्धतापत्र सबैले बुझ्ने सम्पर्क भाषा नेपालीका अतिरिक्त काठमाडौंको स्थानीय भाषा नेपालभाषा र युवा पुस्ता एवं दुवै भाषा नबुझ्ने विदेशीहरूका लागि अंग्रेजी भाषामा प्रतिवद्धता पत्र तयार गरेको महानगर कमिटीले जानकारी दिएको छ ।
नेपालमा भएका सबै भाषाहरूप्रति सम्मान प्रकट गर्नुका साथै तत्तत् भाषामै प्रतिवद्धतापत्र प्रकाशित गर्दा सम्प्रेषणीय हुने भएकोले एमाले काठमाडौँ महानगर कमिटीले स्थानीय भाषामा पनि प्रतिवद्धतापत्र सार्वजनिक गरेको काठमाडौँ महानगरपालिकाका प्रमुख एवं एमाले केन्द्रीय सदस्य विद्यासुन्दर शाक्यले जानकारी दिए ।
नेकपा एमालेले काठमाडौं महानगरका लागि जारी गरेको प्रतिवद्धता पत्रमा जम्मा १०८ बुँदा छन् । यसमा काठमाडौंको सम्पदा, पूर्वाधार निर्माण, फोहरमैला व्यवस्थापन आदि जस्ता विषयकेन्द्रित बुँदाहरू रहेका छन् । १ सय ८ बुँदाको सार्वजनिक प्रतिवद्धता–पत्रमा एमाले नेतृत्वका जनप्रतिनिधीहरुको पहिलो कार्यकालमा ऐन, नियम, कार्यविधिहरुको तर्जुमा, सडक तथा ढलहरुको नियमित मर्मत सम्भार, स्तरोन्नति तथा विस्तार, २०७२ सालको महाभूकम्पबाट क्षति भएका सम्पदाहरुको जीर्णोद्धार, पुनर्निर्माण, अमूर्त सम्पदाहरुको जगेर्र्ना जस्ता कार्य अघि बढेको उल्लेख छ ।
महानगरपालिकाले सार्वजनिक गरेको प्रतिवद्धता–पत्रमा ७५ बर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको बार्षिक रु १२००० विशेष भत्ता बृद्धि गरी रु १८,००० पु¥याउने उल्लेख गरेको छ । ‘युवाको जाँगर, समृद्ध महानगर’ अभियान सञ्चालन गरी युवाहरू संलग्न विज्ञान, प्रविधि, सामाजिक सेवा, उद्यमशीलता तथा सीपबृद्धिका क्षेत्रमा उदाहरणीय कार्य गर्ने संघ संस्थासँग समन्वय र सहकार्य गरिनेछ,’ प्रतिवद्धता–पत्रमा भनिएको छ,’ युवाहरूको सहयोगी समूहको सूची तयार गरी प्रत्येक वडामा स्वस्थ जीवनशैली, नेतृत्व विकास, सकारात्मक सोच सम्बन्धीयुवासँग मेयर कार्यक्रम सञ्चालन गरिनेछ ।’
महानगरको सूचना नियमिता र प्रभावकारी संप्रेषणका लागि मिडिया डेस्कको स्थापना गर्ने कुरालाई पनि प्रतिवद्धता–पत्रमा समावेश गरेको छ ।
लैङ्गिक समानताकोे आधारः छोरी बुहारीलाई रोजगार कार्यक्रम अन्तर्गत बेरोजगार परिवारका महिलालाई क्षमता तथा योग्यता अनुसारको तालिम उपलब्ध गराई रोजगारीमा पहुँच सुनिश्चित गरिने कुरालाई पनि प्रतिवद्धता–पत्रमा प्राथमिकतामा राखिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन
-
सिरिया छाड्ने तयारी गर्दैछ रुस ?
-
आमा बनिन् अभिनेत्री नन्दिता केसी