बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

झिमरुक गाउँपालिकामा प्रदेशको हस्तक्षेप, भागबण्डा टुङ्ग्याइयो

शनिबार, १० वैशाख २०७९, ०८ : ४०
शनिबार, १० वैशाख २०७९

प्युठान जिल्लाको झिमरुक गाउँपालिकामा गठबन्धन भित्रका दलहरु नै अलग अलग निर्वाचनमा उम्मेदवारी दिन लागेको भन्दै लुम्बिनी प्रदेश गठबन्धनले हस्तक्षेप गरेको छ । यसभन्दा अगाडी गठबन्धन दलहरु एकताबद्ध भई निर्वाचनमा जानको लागि पार्टीहरुबाट वैशाख ७ गते आ-आफ्नो मातहतमा परिपत्र जारी गरिएको थियो । उक्त परिपत्रहरूको मूल स्पिरिट र भावना विपरित वैशाख ८ गते निर्वाचनमा अलग अलग उम्मेदवारी दिने स्थानीय स्तरमा दलहरूको बीचमा भएको सहमति खारेज गरेको हो ।

उक्त गाउँपालिकामा गठबन्धन बैशाख ९ गते बसेको प्रदेश गठबन्धनको बैठकले सर्वसम्मतरुपमा राष्ट्रिय जनमोर्चाबाट गाउँपालिका अध्यक्ष र ४ वटा वडा अध्यक्ष, नेकपा (माओवादी केन्द्र)बाट उपाध्यक्ष र १ वटा वडा अध्यक्ष, नेपाली काँग्रेसबाट ३ वटा वडा अध्यक्ष दिने सहमति गरेको हो । सबै वडामा गठबन्धनका सबै दलहरूको प्रतिनिधित्व हुने गरी उम्मेदवार चयन गर्ने र झिमरुक गापाको लागि जिल्ला तथा पालिका बैठकको संयोजन राष्ट्रिय जनमोचाले गर्ने निर्णय गरिएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप