उपाधिका लागि एपीएफ र पुलिस भिड्दै
कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब आज (शनिबार) भिड्दै छन् । धनगढी रङ्गशालामा हुने खेल साँझ ६ बजे सुरु हुनेछ ।
वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुवै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रङ्गशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताइन् । उनले रातीको समयमा खेल्दा केही कठिनाइ भएको भए पनि उपाधि आफ्नो टिमले जित्ने दाबी गरिन् ।
‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले समस्या भइरहेको छ । कुनै वेला लाइट बिग्रिँदा खेलको रिदम बिग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन् । त्यस्तै पहिलो पटक भएको महिला गोल्डपकको उपाधि जित्नै इतिहास बनाउने उनले बताइन् । त्यस्तै एपीएफले सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।
नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने योजना रहेको बताएको छ । लामो समयपछि प्रतियोगिताहरूको फाइनलमा पुगेकाले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । ‘जित्नको लागि खेल्छौँ । सबै जनाले त्यही अनुसार तयारी गरेका छौ,’ पुलिसकी कप्तान घिमकुमारी गुरुङले भनिन् । कप्तान गुरुङले फ्लड लाइटमा खेल्न असहज भएको बताइन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अर्थ समितिको छलफलमा बोलाइएका विज्ञहरूमाथि नै प्रश्न
-
'वामदेव गौतम एकीकृत समाजवादीमा प्रदेश गर्न सकारात्मक'
-
नागरिक लगानी कोष र आईएमईबिच सेयर प्रत्याभूति सम्झौता
-
एकीकृत समाजवादीको केन्द्रीय सचिवालय गठन, कार्यविभाजन २ दिनपछि
-
विद्या भण्डारीको प्रमुख आतिथ्यमा फेवा संवाद हुने
-
भक्तपुरमा मदिरा सेवन गरेर युवकमाथि कुटपिट, ६ जना पक्राउ