शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

कर्णालीमा सत्तारुढ गठबन्धनमा सकस, आज पुन: बैठक बस्दै

शनिबार, १० वैशाख २०७९, ०७ : २२
शनिबार, १० वैशाख २०७९

कर्णालीमा सत्तारुढ गठबन्धनभित्रको समस्या अझै समाधानउन्मुख बन्न सकेको छैन । शुक्रवार राति १२ बजेसम्म मुख्यमन्त्री जीवनबहादुर शाहीको सरकारी निवासका बसेको बैठकले सीट बाँडफाँटको टुङ्गो लगाउन नसकेको हो । 

प्रमुख तीन राजनीतिक दल नेकपा माओवादी, एकीकृत समाजवादी र नेपाली काँग्रेसका आ–आफ्नै अडानका कारण कुरा नमिलेको नेपाली काँग्रेस कर्णाली प्रदेश समितिका प्रवक्ता दमन शाहीले रातोपाटीलाई जानकारी दिए । बैठक शुक्रवार दिउँसो १ बजेदेखि बसेको थियो । मनोनयन दर्ता गर्ने समय अब एक दिन मात्र बाँकी रहेकाले धेरैले सम्भवतः शुक्रवार सीट बाँडफाँटको टुङ्गो लाग्ने अपेक्षा गरेका थिए । तर अन्तिममा आएर नेताहरूले सीट बाँडफाँटको टुङ्गो लगाउन सकेनन् । 

यसअघि बिहीबार दिउँसो र राति अबेरसम्म पनि बैठक चलेको थियो । यद्यपि यी कुनै पनि बैठकमा गठबन्धनभित्रका दल राष्ट्रिय जनमोर्चा र जनता समाजवादीलाई सहभागी गराइएको छैन । 'मुख्य कुरा तीन दलका बीचमै अड्किएकाले साना दललाई सहभागी नगराइएको हो,’ प्रवक्ता शाहीले भने,‘ तीन दलका बीचका कुरा मिलेको खण्डमा पाँचै दलको संयुक्त बैठक बस्छ ।’ शाहीले शनिबार दिउँसो पनि पुनः बैठक बस्ने जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप