सम्बन्धविच्छेदको तयारीमा विल र जाडा ?
ओस्कार अवार्डमा कमेडियन क्रिस रकलाई थप्पड हानेपछि विल स्मिथ अझै चर्चामा छन् । तर, यसपटक उनी आफ्नो व्यक्तिगत जीवनलाई लिएर चर्चामा छन् । मिडिया रिपोर्टका अनुसार विल र उनकी श्रीमती जाडा पिन्केटबीच सम्बन्ध राम्रो चलिरहेको छैन । उनीहरुको सम्बन्धविच्छेदसम्मको खबर आइरहेको छ ।
समाचारका अनुसार विल र जाडाबीच बोलचालसमेत बन्द भएको छ । भनिन्छ, ओस्कर अवार्डमा भएको विवाद नै दुवैको सम्बन्धविच्छेदको कारण बनिरहेको छ । स्रोतका अनुसार विल र जाडाबीच लामो समयदेखि विवाद चलिरहेको थियो । तर ओस्कार अवार्डको घटनापछि यो विवाद गहिरिएको छ । यदि रिपोर्टहरू अनुसार जोडी अलग भएमा जाडाले विलको आधा सम्पत्ति पाउनेछिन्। विल स्मिथको कूल सम्पत्ति हाल करिब ३५० मिलियन डलर रहेको छ । यदि यस्तो भयो भने यो हलिउडको सबैभन्दा महँगो सम्बन्धविच्छेद हुनेछ। यो सम्बन्धविच्छेद ब्राड पिट र एन्जेलिना जोली भन्दा पनि महँगो हुन सक्छ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रतिबन्ध खेपिरहेका बेन्टनकुरले म्यानयु र लिभरपुलविरुद्धको खेल पनि गुमाउने
-
मङ्सिरमा घरजग्गा कारोबार रकम र राजश्व सङ्कलनमा वृद्धि
-
१२ बजे, १२ समाचार : मुस्कुराउँदै न्यायाधीशले थपे रविको हिरासत म्याददेखि दुर्गा प्रसाईंले गुहारे सर्वोच्चसम्म
-
कुलमानले विद्युत् प्रसारण लाइन निर्माणमा जोडे निजी क्षेत्र
-
पार्टीभित्र सद्भाव, एकता र मेलमिलाप आवश्यक : बलायर
-
१० बजे, १० समाचार : थप ४ दिन रवि हिरासतमा, बन्दी प्रत्यक्षीकरण निवेदन लिएर दुर्गा अदालतमा