कविताः म त्यस्तो मान्छे
दिनले खेदारिएर
पिँढीमा बसेर
अन्धकारलाई अँगालेको मान्छे ।
क्रान्तिको तृष्णाले बिउँझेर
बन्दुकको नालमा
शान्तिको आश झुण्ड्याएर
आफ्नै खुन बग्ने
लासहरूमाथि हिँडेको मान्छे ।
ठाउँ ठाउँमा साहस विस्ट्याएर
ठाउँ ठाउँमा जिउँदो चिस्याएर
मेरो अस्थायी शक्तिको मादकताले
होश गुमाएर
आफ्नैलाई नै स्थायी चोट दिँदै
ठाउँ ठाउँमा सुन्दरता नङ्ग्याएर
आफूलाई योद्धा पुकारेको मान्छे,
क्रान्तिले बिउँझिएको म
परिवर्तनको पानीले मुख धोएको मैले,
अब सुतिरहेको छु म,
सुतेको छु,
देश सुतेको छ,
अब चैँ उठ्दिन म ।
अहँ, तागत छैन यार उठ्ने ।
मैले थाहा पाएँ
देश भन्ने कुरा काल्पनिक हो ।
मेरो सोच मेरो जन्मदर्ता हो,
मेरो सिद्धान्त मेरो नागरिकता हो
मेरो विश्लेषण क्षमता मेरो भोट ।
म दुई सिद्धान्त बीच उनिएर
पेन्डुलम बनेर
प्रेम नै सबै क्रान्तिको सुरुवात,
अन्त्य र परिणाम हो, बिर्सेछु ।
“अन्त्यले साधनलाई औचित्य दिन्छ”
यस्तो आडम्बर बोकेर
मैले विनाश गरेँ ।
क्रान्तिको औचित्य त्यतिखेर हुन्छ
जब त्यसले सयलाई शून्य बनाइदिन्छ
अनि पुनः नवीन अङ्कहरू लेख्ने प्रयास गर्छ ।
क्रान्तिको औचित्य त्यतिखेर हुन्छ
जब त्यसले अन्धकारलाई पारदर्शी बनाइदिन्छ
तर हामी यो क्रान्तिमा
रात र साँझको बीचमा अल्झिएका छौँ ।
मैले सोचेको मेरो देश
इन्द्रेणी थियो ।
तर आज मेरो देशको शिरमाथि
काला बादलहरूले धुम्मिएर
मेरो देशलाई अँध्यारो बनाई दिएको छ ।
मैले सोचेको मेरो देशको सगरमाथा
चम्किनेछ नित्य, हरेक दिन
तर आज यो सगरमाथा बाध्य छ,
त्यो कालो बादलमुनि
जिरो वाटको बत्ती झैँ
प्रकाश खुम्च्याएर बस्न ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
लक्ष्मी सन्राइज बैंकले ५ प्रतिशत बोनस शेयर वितरण गर्ने
-
इजरायली ड्रोन आक्रमणमा ३ प्यालेस्टिनीको मृत्यु
-
मधेस प्रदेशसँग १२९ रनको अग्रता लिँदै पुलिस क्लबद्वारा पाली समाप्तिको घोषणा
-
काठेखोलामा पाँच करोड ४० लाखको सुन्तला उत्पादन
-
मण्डलामा अब ‘मुक्कुम्लुङः चोत्लुङ अफ याक्थुङ’ मञ्चन हुने
-
बिहान कफी पिउनुस्, घट्न सक्छ मृत्युको जोखिम