शनिबार, २२ असार २०८१
ताजा लोकप्रिय

मधेश प्रदेश : मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुको राजीनामा

शुक्रबार, ०९ वैशाख २०७९, २३ : १८
शुक्रबार, ०९ वैशाख २०७९

यही वैशाख ३० गते स्थानीय तहको निर्वाचन हुने भएपछि पालिकाको मेयर बन्न मधेश प्रदेशका मन्त्री, प्रदेश सांसददेखि जनप्रतिनिधिहरुले राजीनामा दिएका छन् । स्थानीय तहको निर्वाचनमा मेयर पदको उम्मेदवार बन्नका लागि प्रदेश सांसद शेखअब्दूल कलाम आजादले प्रदेशसभा सदस्य पदबाट राजीनामा दिएका छन् ।

तात्कालिन समाजवादी पार्टी रौतहट ४ (२) बाट प्रदेशसभा सदस्य बनेका आजादले रौतहटको गढीमाई नगरपालिकामा मेयर पदको जनता समाजवादी पार्टी नेपालबाट उम्मेदवारी दिन राजीनामा दिएका हुन् ।

शुक्रबार प्रदेशसभाको प्रशासन शाखा प्रमुख जानकी शरण साहलाई आफ्नो राजीनामापत्र बुझाएका छन् । त्यस्तै मधेश प्रदेश सरकारका कानुन, न्याय तथा प्रदेशसभा मामिला मन्त्री प्रमोद यादव र प्रदेश सभा सदस्य परमेश्वर साह समेतले मेयरमा चुनाव लड्न राजीनामा दिएका छन् ।

नेकपा एकीकृत समाजवादीको तर्फबाट सिरहा नगरपालिकाको नगरप्रमुखमा उम्मेदवारी दिनका लागि मन्त्री पदबाट राजीनामा दिएको मन्त्री यादवले बताए । मन्त्री यादवले पार्टीको दबाव र मतदाताको चाहना भएकाले आफूले मेयर पदमा चुनाव लड्न बाध्य भएर राजीनामा दिन लगेको बताए ।  मन्त्री यादव २०७४ सालको नेकपा एमालेबाट सिरहा क्षेत्र नम्बर ३ (ख) बाट प्रदेश सभामा निर्वाचित भएका थिए । तर   एमाले विभाजनपछि उनी एकीकृत समाजवादीमा लागे ।  

त्यसैगरी जनकपुरधाम उपमहानगरपालिकाको मेयर पदमा लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उम्मेदवार बन्नका लागि प्रदेशसभा सदस्य परमेश्वर साहले पनि राजीनामा दिन लागेका छन् । लोसपाका प्रमुख सचेतक समेत रहेका साहले पार्टीको निर्देशन र कार्यकर्ता तथा मतदाताको स्नेहका कारण आफूले प्रदेशसभा सदस्यबाट राजीनामा दिन लागेको बताए । लोसपा नेपालबाट उपमहानगरपालिकाका लागि प्रदेशसभा सदस्य साहसहित अमर पँजियार, संजय चौधरी र मनोज चौधरीको मेयर पदमा नगर कमिटीबाट केन्द्रिय समितिमा सिफारिस गरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप