आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

महालक्ष्मी विकास बैंकद्वारा रोड डिभाइडर हस्तान्तरण

शुक्रबार, ०९ वैशाख २०७९, २३ : ०५
शुक्रबार, ०९ वैशाख २०७९

महालक्ष्मी विकास बैंक लिमिटेडको महाराजगंज शाखाले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रमअन्तरर्गत महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई रोड डिभाइडर हस्तान्तरण गरेको छ । संस्थागत सामाजिक उत्तरदायित्वको कार्यलाई निरन्तरता दिदैं यस बैंकको महाराजगंज शाखाले महानगरिय ट्राफिक प्रहरी वृत्त महाराजगंजलाई ३० थानरोड डिभाइडर हस्तान्तरण गरेको हो ।

महानगरपालिकामा चुनौतीको रुपमा रहेको ट्राफिक व्यवस्थापनमा सहजता होस् भन्ने उद्देश्यले संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत रोड डिभाइडर हस्तान्तरण गरिएको कुरा बैंकका महाराजगंज शाखाका प्रबन्धक पल्लभ श्रेष्ठले जानकारी गराए । कार्यक्रममा बोल्दै वृत्तका नायव निरिक्षक   पुरुषोत्तम ढकालले विगतदेखि नै महालक्ष्मी विकास बैंकले सामाजिक उत्तरदायित्वका कार्यहरु महानगरभित्र प्रभावकारी रुपमा सञ्चालन गर्दै आएको बताए ।  
    

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप