शुक्रबार, १४ वैशाख २०८१
ताजा लोकप्रिय

उत्तर कोरिया र दक्षिण कोरियाका नेताबीच मैत्रीपूर्ण पत्र आदानप्रदान

शुक्रबार, ०९ वैशाख २०७९, २३ : ०२
शुक्रबार, ०९ वैशाख २०७९

उत्तर कोरियाली नेता किम जोङ उन र बाहिरिँदै गरेका दक्षिण कोरियाली नेता मून जाय–इन्बीच मैत्रीपूर्ण पत्र आदानप्रदान भएको समाचार बाहिरिएको छ । उत्तर कोरियाली सरकारी समाचार एजेन्सी ‘द कोरियन सेन्ट्रल न्युज एजेन्सी’का अनुसार यही हप्ता मूनले किमलाई पत्र पठाउँदै आफ्नो सत्ता बहिगर्मनपछि कोरिया एकीकरणको लक्षमा लागिरहने बताएका थिए ।

मूनको पत्रको जवाफ दिँदै किमले मूनलाई ‘राष्ट्रको महान उदेश्य’ का लागि उनले गरेको कामको लागि धन्यवाद दिएको समाचारमा उल्लेख छ ।  किमले पत्रमा आफूहरुको संयुक्त प्रयासले ‘भविष्यप्रति आशाप्रद बनाएको’ र ‘दुई कोरियाबीचको सम्बन्ध’ सुध्रिने आशा बढाएको लेखेका छन् । 

दक्षिण कोरियाले शुक्रबार नै दुई नेताबीच पत्र सम्बाद भएको पुष्टि गरेको छ । कोरियाली प्रायद्वीपमा तनाब बढिरहेको समयमा पत्र सम्वादको समाचार बाहिरिएको छ । सन् २०१८ मा आणविक गतिविधि बन्द गरेको उत्तर कोरियाले अहिले पुनस् ती गतिविधि सुचारु गरेको जनाउन दिने भूउपग्रहीय तस्विर सार्बजनिक भइरहेका छन् । 

उत्तर कोरियाले गत सप्तान्तमा देशका संस्थापक किम इल सुङको जन्मजयन्तीको अवसर पारेर एउटा नयाँ ट्याक्टिकल गाइडेड हतियारको परीक्षण उडान गर्यो ।  विश्लेषकहरुले आगामी अप्रिल २५ मा कोरियाली जनसेनाको स्थापना दिवसमा थप परीक्षण हुनसक्ने प्रक्षेपण गरेका छन् । 

पाँच वर्षे शासनकाल सकाएका मूनले आगामी मे १० मा नवनिर्वाचित राष्ट्रपति यून सुक–यियोललाई सत्ता हस्तान्तरण गर्ने कार्यक्रम छ । मूनले उनको शासनकालमा अभूतपूर्व तीन पटकसम्म किमसँग भेटेर दुई देशबीचको शत्रुता कम गर्ने प्रयास गरेका थिए । 

नवनिर्वाचित राष्ट्रपति यूनलाई उनका पूववर्तभन्दा बढी ‘उग्र’ नेताका रुपमा हेरिएको छ । यूनले उत्तर कोरियाको सम्बन्धमा ‘पूर्ण आणविक निशस्त्रीकरण’ र ‘मानवअधिकार’को नीतिमा अडिग हुने बताएका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप