बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

एक्यूफिटद्वारा बहु प्रतीक्षित नयाँ वेयरेबल डब्लू९ बीटी कलिङ स्मार्ट वाच सार्वजनिक

शुक्रबार, ०९ वैशाख २०७९, २२ : ५७
शुक्रबार, ०९ वैशाख २०७९

भारतको नोयडामा रहेको प्रविधि कम्पनी एक्यूफिटले भारतमा विभिन्न रेन्जका स्मार्ट वाच र स्मार्ट ब्यान्ड नेपाली बजारमा सार्वजनिक गरेको छ। कम्पनीको ‘सबैका लागि पहुँचयोग्य प्रविधि’ भन्ने भिजन यसका उत्पादनका सुपथ-मूल्य तथा उच्च प्रदर्शनयुक्त स्पेसिफिकेशनले प्रस्ट पाइन्छन् ।  

आधुनिक प्रविधिले भरपूर एक्यूफिटले ल्याएकफ डब्लू९ बीटी कलिङ स्मार्टवाचले स्मार्टफोन बिना नै थुप्रै कामहरु गर्न सघाउ पुर्याउने जनाइएको छ ।  

यसमा हार्ट रेट, ब्लड अक्सिजन तथा क्यालोरी काउन्टजस्ता स्वास्थ्यसम्बन्धी फिचरहरु उपलब्ध छन्। एक्यूफिटका स्मार्ट वाचहरु स्टाइलिश हुनुका साथै अधिकांश रुपमा फिटनेसतर्फ केन्द्रित रहेका हुन्छन्। यसबाहेक यी डिभाइसमार्फत् फोन, मेसेज, सामाजिक सञ्जाल तथा मौसमसम्बन्धी अपडेट पाउन सकिन्छ।

यसमा रहेको ब्लूटूथ ५ ले स्मार्टफोनसँग समन्वय गरी यसमा रहेको इन-बिल्ट स्पीकरमार्फत् ब्लूटूथ कलिङको सुविधा उपलब्ध गराएको बताइएको छ। यसबाहेक आफ्ना सबै कन्ट्याक्ट तथा कल रेकर्ड वाचमै रहने र कसरत गरिरहेका बेला पनि स्मार्टफोनमा नछोई वाचमार्फत् नै कल रिसिभ गर्न सकिने जनाइएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप