दक्षिण एसियामा सबैभन्दा ठूलो विद्युतीय गाडीहरूको फ्लीट संचालन गर्दै साइमेक्स
नेपालको लागि BYD अटो इन्डष्ट्रि कम्पनी लिको आधिकारिक वितरक साइमेक्स इन्क प्रा. लिले स्पार्क ग्रुपको कम्पनी सेल्फ ड्राइभ नेपाल प्रा. लिसँग ५० वटा इमिसनफ्री, रेन्टल फ्लीट BYD e6 इलेक्ट्रिक SUV संचालनको लागि सम्झौैता पत्रमा हस्ताक्षर गरेको छ । यो दक्षिण एसियामा नै सबैभन्दा ठूलो संचालित एकल विद्युतीय गाडीहरुको फ्लीट रहेको कम्पनीले जनाएको हो ।
अप्रिल २० मा भएको आधिकारिक समारोहमाझसाइमेक्स इन्क र सेल्फ ड्राइभले फ्रेमवर्कको सम्झौैतापत्रमा हस्ताक्षर भएसँगै सेल्फ ड्राइभ BYD इलेक्ट्रिक गाडीहरूको एक्सक्लु सिभरेन्टल पार्टनर बन्न सफल भएको जनाइएको छ ।
नेपालमा आरामदायीक इलेक्ट्रिक गाडीहरूको फ्लीट संचालन हुनु BYD र स्पार्क ग्रुप दुवैका लागि कोशेढुंगा साबित हुने बताइउको छ । सेल्फ ड्राइभले काठमाडौंमा रहेका आफ्ना कर्पोरेट र निजी ग्राहकहरुका लागि कम मूल्यमा, इमिसनफ्रीर ड्राइभरसहितको कार सेवाप्रदान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन
-
पुटिनद्वारा सन् २०२४ लाई ‘ऐतिहासिक’ वर्ष घोषणा