आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

‘मुक्त कमैया, हलिया र कमलरीको समस्या समाधान गर्न सरकार तयार’

शुक्रबार, ०९ वैशाख २०७९, १२ : ००
शुक्रबार, ०९ वैशाख २०७९

भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री शशी श्रेष्ठले मुक्त कमैया, हलिया, कमलरी र हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गर्न सरकार लागि परेको बताएकी छन् । भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाहरुको समस्या समाधान गर्न गठित अध्ययन समितिले बुझाएको प्रतिवेदन ग्रहण गर्दै मन्त्री श्रेष्ठले यस्तो बताएकी हुन् ।

उनले मुक्त कमैया, हलिया, कमलरी, हरुवाचरुवाको समस्यालाई सही ढंगबाट सम्बोधन गरी संविधानमा लिपिवद्ध भएका र मौलिक हकको रुपमा रहेका अधिकारलाई नैसर्गिक मानव अधिकारको हिसाबबाट व्यवस्थित गर्ने र कार्यान्वयन गर्ने कुरामा मन्त्रालय प्रतिवद्ध रहेको पनि बताइन् । मन्त्री श्रेष्ठले मुक्त कमैया, कमलरीहरुको समस्या समाधानका लागि सम्भव भएसम्म यही वर्षको बजेटबाट सम्बोधन गर्ने प्रतिवद्धता पनि जनाइन् । उनले सरकार वास्तविक भूमिहीनहरुलाई जग्गाधनी पूर्जा वितरण गर्ने कार्यमा केन्द्रित भएर लागेको पनि बताइन् ।

मन्त्री श्रेष्ठले मन्त्रालय भूमिहीन सुकुम्बासीहरुमा केन्द्रित रहेकोले वास्तविक भूमिहीनहरुको पहिचान गरी उनीहरुलाई जमीन उपलब्ध गराउने उनीहरुलाई वासस्थानको व्यवस्था गर्ने भन्ने कुरामा जोड दिइरहेको बताइन् । उनले सरकारले वास्तविक भूमिहीनको पहिचान गरेर जग्गाधनी प्रमाणपत्र वितरण गर्नको लागि राष्ट्रिय भूमि आयोग गठन गरेको बताइन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप