धनगढी उपमहानगरपालिकाका स्वतन्त्र उम्मेदवार हमालले सार्वजनिक गरे घोषणापत्र
धनगढी उपमहानगरपालिकामा स्वतन्त्र उम्मेदवारी घोषणा गरेका गोपाल हमालले आफ्नो घोषणापत्र सार्वजनिक गरेका छन् । उनले उपमहानगरपालिकाका सबै वडामा निःशुल्क स्वास्थ्य परीक्षणको व्यवस्था गरिने उल्लेख गरेका छन् ।
स्वास्थ्य बीमा कार्यक्रमलाई प्रभावकारी बनाउन प्रयास गरिने, ज्येष्ठ नागरिक तथा मातृ शिशुको स्वास्थ्यलाई महत्वका साथ प्रत्येक वडाहरूमा घुम्ती विशेषज्ञ मेवा प्रदान गर्ने व्यवस्था मिलाइने र उप–महानगरका सबै वडाहरूमा शुद्ध, सफा र स्वच्छ खानेपानीको व्यवस्थाका लागि पहल गर्ने दाबी गरेका छन् । उप–महानगरमा रहेका स्वास्थ्य चौकी तथा अस्पतालहरूको स्तरवृद्धि गरेर सेवालाई चुस्त दुरुस्त र प्रभावकारी बनाउने उनको दाबी छ ।
सामाजिक सुरक्षाअन्तर्गत वृद्धभत्ता सेवाग्राहीको खातामा जम्मा हुने अथवा घरमै पु¥याउने व्यवस्था गरी बैंकमा लाइन लाग्नुपर्ने झन्झटिलो व्यवस्थाको अन्त्य गर्ने, एयरपोर्ट तथा अन्य विकास निर्माणका कार्यहरू गर्दा सरकारबाट अधिग्रहण गरिने जग्गाको मूल्यांकन गर्दा बजार मूल्यभन्दा कम नहुने गरी गर्ने व्यवस्थाका लागि प्रयास गर्ने घोषणापत्रमा उल्लेख छ । उपमहानगरपालिकामा कृषि, शिक्षा, स्वास्थ्य, पर्यटन, रोजगारी जस्ता क्षेत्रमा उल्लेख्य योगदान दिने व्यक्तित्वहरूलाई ‘धनगढी तारा’ पदकद्वारा सम्मान गरिने व्यवस्था लागू गरिने उनको घोषणापत्रमा उल्लेख छ ।
हमालले धनगढीलाई पा“च वर्षमा मुलुककै नमुना शहर बनाउने दाबी गरेका छन् । शुक्रबार धनगढीमा पत्रकार सम्मेलन गर्दै उनले आफू नगर प्रमुखमा विजयी भए धनगढीलाई पा“च वर्षभित्र मुलुककै सुन्दर, समुन्नत र नमुना सहर बनाउने दाबी गरेका हुन् । ‘हाम्रो धनगढी, हामी बनाउ“छौ’ भन्ने चुनावी नारा लिएर आफू निर्वाचनमा होमिएको उनले बताए । भ्रष्टाचार नियन्त्रण, पारदर्शी सेवा, लोककल्याणकरी, स्वच्छ, सुन्दर र समृद्ध नमुना शहर बनाउने योजना रहेको उनले बताए ।
धनगढी सहरको फोहरमैला व्यवस्थापनका लागि वैज्ञानिक विधि अपनाइने, वृक्षारोपणलाई विशेष महत्व दिई धनगढी उपमहानगरलाई हराभरा, सुन्दर नगर बनाउने आफ्नो पहिलो प्राथामिकता रहने हमालको भनाइ छ । उनले आगामी पा“च वर्षभित्र उपमहानगरपालिकालाई मुलुककै सुन्दर, समुन्नत र नमुना शहर बनाउने मुख्य एजेण्डा बोकेर चुनावी अभियानमा होमिएको बताए । आफू मेयरमा विजयी भएपछि मेयरले पाउने भत्ता, गाडी, इन्धन, यातायात, होटलबास लगायतका कुनै पनि सेवा सुविधा नलिने उनले पत्रकार सम्मेलनमा घोषणा गरे ।
‘मेरो उम्मेदवारी धनगढी बनाउनका लागि हो, राजनीति गर्नलाई होइन’ उनले भने ‘हामीले राजनीतिलाई सेवा बनाएनौ“, पेसा बनायौ“ । मलाई जे दिएको हो, यही धनगढीले दिएकोले अब मैले पा“च वर्ष यो धनगढीलाई निःस्वार्थ सेवा दिन्छु’ उनले भने । मतदाताहरू शिक्षित भइसकेका कारण गठबन्धनले आफूलाई असर नगर्ने बताउ“दै उनले बाडिचुडी खाने गठबन्धनलाई जनताले नपत्याउने दाबी गरे । २०७४ को निर्वाचनमा पनि स्वतन्त्र उम्मेदवारी दिएका उनी २७९७ सय मतान्तरले काँग्रेसका नृप वडसँग पराजित भएका थिए । विजयी वडले १४ हजार ३२४ मत प्राप्त गर्दा हमालले ११ हजार ५२७ मत ल्याएर दोस्रो भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
गौतम बुद्ध विमानस्थलबाट दिगो रूपमा अन्तर्राष्ट्रिय उडान हुन्छ : मन्त्री पाण्डे
-
राजधानीमा विप्लव नेतृत्वको नेकपाको र्याली, तस्बिरमा हेर्नुहोस्
-
काभ्रेमा बाढी पहिरोले करिब १३ हजार रुख क्षति
-
कोशी प्रदेशका मुख्यमन्त्री कार्कीको घर अगाडि शंकास्पद वस्तु, सेनाको डिस्पोजल टोली घटनास्थलमा
-
विधानसभा निर्वाचन : महाराष्ट्रमा भाजपाले खाता खोल्यो
-
नवलपरासी जिल्ला प्रहरी कार्यालयभित्र पुस्तकालय