सोमबार, ०७ जेठ २०८१
ताजा लोकप्रिय

गुल्मीमा दोहरिने एक मात्र पालिका प्रमुख पोखरेलले दिए राजीनामा

शुक्रबार, ०९ वैशाख २०७९, २२ : ०३
शुक्रबार, ०९ वैशाख २०७९

यही वैशाख ३० गते हुनगइरहेको स्थानीय तहको निर्वाचनमा गुल्मीमा दोहरिएर पालिका प्रमुखको उम्मेदवार बनेका छन् धुर्कोट गाउँपालिका प्रमुख भुपाल पोखरेल । उनले धुर्कोट गाउँपालिकाको प्रमुख पदको उम्मेदवारी दिन शुक्रबार  राजीनामा दिएका हुन् ।

उनले आफूले गाउँपालिकाको उपाध्यक्षसमक्ष राजीनामा दिएको बताए ।  नेकपा माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटीका नेता २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेपाली काँग्रेससँग चुनावी तालमेल गरेर पालिका प्रमुखमा विजयी भएका थिए । काँग्रेसबाट उपप्रमुख शिबबहादुर खत्री भएका थिए । यसपाली गुल्मीका १२ वटा स्थानीय तहमध्ये ४ वटा पालिका प्रमुख माओवादी केन्द्रलाई दिने सत्ता गठबन्धनबीच सहमति भएको छ ।  

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप