बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

प्रदेश सांसद आजादले दिए राजीनामा

शुक्रबार, ०९ वैशाख २०७९, २२ : ०२
शुक्रबार, ०९ वैशाख २०७९

मधेश प्रदेशका सांसद शेखअबुल कलाम अजादले आफ्नो पदबाट राजीनामा दिएका छन् । अगामी ३० गते हुन गैरहेको स्थानीय निर्वाचनमा गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिन उनले राजीनामा दिएका हुन् । 

रौतहटको क्षेत्र नम्बर ४ को ‘ख’ बाट स्वतन्त्र उम्मेदवारी दिएर प्रत्यक्ष निर्वाचित सांसद आजाद  केहि  समयअघि तत्कालीन जनता समाजवादी पार्टी जसपामा प्रवेश गरेका थिए । प्रदेश सांसद आजादले गढीमाई नगरपालिकाको मेयर पदमा उम्मेदवार दिन सांसद पदबाट राजीनामा दिएको बताएका छन् ।

उनले प्रदेशसभा सचिवालयमा राजीनामा पत्र बुझाइसकेको उनका सहयोगी राजकुमार दासले जानकारी दिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप