आइतबार, ०६ माघ २०८१
ताजा लोकप्रिय

तीन घण्टा ५० मिनेट वृक्षासनमा बस्ने नेपाली युवालाई गिनिज बुक अफ वर्ल्ड रेकर्डको प्रमाणपत्र

शुक्रबार, ०९ वैशाख २०७९, २१ : ५१
शुक्रबार, ०९ वैशाख २०७९

नेपाली युवा विक्रम खड्काले वृक्षासन (ट्री पोज) मा गिनिज बुक अफ वर्ल्ड रेकर्ड पाएका छन् । वाच्छा १, पर्वत स्थायि ठेगाना भएका खड्काले वृक्षासन अर्थात एउटा खुट्टा जमिनमा टेकेर अर्को  खुट्टालाई टेकिएको खुट्टाको घुँडाभन्दा माथि राखेर दुबै हातलाई नमस्कार मुद्रामा राखेर गरिने आसनमा लगातार तीन घण्टा पचास मिनेट बसेर विश्व कीर्तिमान कायम गरेका हुन । 

यसअघि उक्तकीर्तिमान भारतीय नागरिक सनत रथको नाममा एक घण्टा छ मिनेट पचपन्न सेकेन्ड रहेको थियो । २०७८ श्रावण ५ गते विश्व कीर्तिमानको लागि प्रयास गरेर भिडियो सहित गिनिज बुक अफ वर्ल्ड रेकर्डमा सम्पूर्ण विवरण पठाइएकोमा गिनिज बुकले केही हप्ता अगाडि मात्र प्रमाणपत्र पठाएको थियो ।

गिनिज बुकले पठाएको उक्त प्रमाणपत्र मन्त्रिपरिषदका पूर्व अध्यक्ष तथा पूर्व प्रधानन्यायाधीश खिलराज रेग्मीले हालैमात्र खड्कालाई प्रदान गरेका छन् । प्रमाणपत्र वितरण गर्दै रेग्मीले नेपाल आफैमा आध्यात्मिक भूमी भएको चर्चा गर्दै खड्काको यो अर्वाडले नेपाललाई विश्व सामु थप परिचित गराउन सहयोग गरेको बताए । उनले समग्र विकासका लागि भौतिक विकाससँगै आध्यात्मिक विकासको पनि अपरिहार्य रहेको बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप