वीरेन्द्रनगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस
शुक्रबार, ०९ वैशाख २०७९, २१ : ३६

सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्तारुढ गठबन्धनमा देखिएको समस्याले उम्मेदवार छनोटमा ढिलाई भएपछि नेपाली काँग्रेस सुर्खेतले पालिकाहरुलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।
सोही अनुसार शुक्रबार वीरेन्द्रनगर नगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरिएको हो । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । तर पार्टीभित्रकै केही नेताहरुले आपत्ति जनाएपछि क्षेत्रीय कार्य समितिले रायसहित थप चार जनाको नाम थपिएको छ । जसमा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मध्यपश्चिम विश्वविद्यालयमा स्ववियु निर्वाचनमा नेविसंघको प्यानलै विजयी
-
आजदेखि देशभरका शिक्षक काठमाडौँका सडकमा उत्रिँदै
-
मौसम पूर्वानुमान : छैन वर्षाको सम्भावना, तापक्रम बढ्दै जाने
-
नारायणको बार आज कसलाई कति लाभ ? हेरौं राशिफल
-
प्रिमियर लिग फुटबलमा आर्सनल विजयी
-
चैती छठ अन्तर्गत आज दोस्रो दिन खरना मनाइँदै