वीरेन्द्रनगरको मेयरका लागि काँग्रेसबाट ७ जनाको नाम सिफारिस
शुक्रबार, ०९ वैशाख २०७९, २१ : ३६
सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाको मेयरका लागि नेपाली काँग्रेसबाट ७ जनाको नाम सिफारिस गरिएको छ । सत्तारुढ गठबन्धनमा देखिएको समस्याले उम्मेदवार छनोटमा ढिलाई भएपछि नेपाली काँग्रेस सुर्खेतले पालिकाहरुलाई उम्मेदवारको नाम सिफारिस गर्न परिपत्र गरेको थियो ।
सोही अनुसार शुक्रबार वीरेन्द्रनगर नगर कमिटीले मेयरका लागि ७ जनाको नाम सिफारिस गरिएको हो । सुरुमा कमिटीले हरी विष्ट, उपेन्द्र खड्का र चाँदनी ढकालको नाम सिफारिस गरेको थियो । तर पार्टीभित्रकै केही नेताहरुले आपत्ति जनाएपछि क्षेत्रीय कार्य समितिले रायसहित थप चार जनाको नाम थपिएको छ । जसमा गोविन्द कोइराला, नारायण सापकोटा, नारायण कोइराला र भूपेन्द्र खत्री रहेका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
इबोला प्रकोपले बढायो विश्वव्यापी चिन्ता
-
अमेरिकाको वासिङ्टन तट नजिक समुद्री विमान दुर्घटना
-
सरकारका प्रवक्ताले भने- आइतबारको बिदा कायम रहन्छ
-
अमेरिकीहरूमा पुँजीवादप्रतिको विश्वास घट्दै
-
ट्राफिकले चिट काट्नै नपरोस्, टिकट लेख्नै नपरोस् : आईजीपी कार्की
-
कुकुरेल्लाको खुला घुम्रिएको कपालको भावुक रहस्यः छोराका लागि खुलै राख्छन् कपाल
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण