नुवाकोटको तीन स्थानीय तहमा गठबन्धन बन्यो, ९ वटामा प्रयास जारी
स्थानीय तह निर्वाचनमा नुवाकोटका ३ स्थानीय तहमा सत्ता गठबन्धनबीच तालमेल भएको छ । काँग्रेस जिल्ला सभापति रमेश कुमार महत र नेकपा माओवादी केन्द्रका नुवाकोट संयोजक पुष्प लामिछानेद्वारा हस्ताक्षरित विज्ञप्तिअनुसार बेलकोटगढीको मेयरमा नेकपा माओवादी केन्द्र र उपमेयरमा नेपाली काँग्रेसले उम्मेदवारी दिने सहमति भएको छ ।
यस्तै विदूर नगरपालिकामा काँग्रेसले मेयर र नेकपा माओवादी केन्द्रले उपमेयर पदमा उम्मेदवारी दिने सहमति हुँदा तारकेश्वर गाउँपालिकामा काँग्रेसले अध्यक्ष तथा माओवादी केन्द्रले उपाध्यक्ष उठाउने सहमति भएको छ ।
सहमतिअनुसार विदूरमा काँग्रेसले ९, माओवादीले ३ तथ नेकपा एकीकृत समाजवादी पार्टीले एउटा वडाध्यक्ष पाउने सहमति हुँदा बेल्कोटगढीमा काँग्रेसले ६, माओवादीले ५ तथा समाजवादीले २ वटा वडाध्यक्ष पाउनेगरी सहमति भएको छ ।
यस्तै तारकेश्वरमा काँग्रेसले ४ तथा माओवादीले २ वटा वडाध्यक्ष पाउने गरी सहमति भएको छ । यस्तै वडा सदस्यहरूमा वडाध्यक्ष हुनेले २ वटा लिने तथा काँग्रेस र माओवादीलाई कम्तिमा एउटा सदस्य सुनिश्चित गर्ने सहमति भएको छ । यस्तै समाजवादी र जसपाको संगठन भएका सबै वडाहरूमा दुबै दलहरूलाई १–१ वडा सदस्य सुनिश्चित गर्ने पनि विज्ञप्तिमा उल्लेख छ ।
यस्तै नुवाकोटका १२ मध्ये बाँकी ९ वटा पालिकाहरुमा भने अझै सहमति भइसकेको छ । ती पालिकामा निरन्तर छलफल गरिने विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गठबन्धन दलका जनमोर्चासहित एकीकृत समाजवादी र जसपाका प्रतिनिधिको भने हस्ताक्षर छैन । तीनै दलको अवस्था नुवाकोटमा कमजोर रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण