सिन्धुपाल्चोकमा काँग्रेसले एमालेसँग गठबन्धन गर्न लागेको आरोप, गठबन्धन दलमा हंगामा
सिन्धुपाल्चोकमा काँग्रेसले एमालेसँग गठबन्धन गर्न खोजेको आरोप लागेको छ। सो आरोप नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादी पार्टीले लगाएको हो ।
यसबारे एकीकृत समाजवादी पार्टी र माओवादी केन्द्रका जिल्ला नेतृत्वले प्रदेश कार्यसमितिलाई पत्र पठाएर ध्यानाकर्षण नै गराएको छ । सिन्धुपाल्चोकमा यसअघि सत्ता गठबन्धनबीच चुनावी तालमेलको सहमति भएपनि पछिल्ला दिनहरुमा संयन्त्रको बैठक संयोजनको जिम्मेवारी प्राप्त दल नेपाली काँग्रेसका तर्फबाट बैठकको वास्ता नगर्ने, बैठक बोलाएका दिन पनि मुख्य निर्णायक भूमिकामा रहेका नेता तथा केन्द्रीय सदस्यको अनुपस्थितिका वार्ताको वातावरण नभएको पत्रमा उल्लेख छ ।
गठबन्धन दलको सात बुँदे निर्देशन विपरीत काँग्रेसको तर्फबाट एमालेसँग वार्ता अगाडि बढाइएको पत्रमा उल्लेख गरिएको छ । यसले गठबन्धनको मर्म र भावनाभन्दा बाहिरका शक्तिका बीचमा पालिका प्रमुख उपप्रमुख समेतको बाँडफाँड गरेको पाइएको भन्दै पत्रमा यस सम्बन्धमा तत्काल शीर्ष नेतृत्वबाट आवश्यक कदम चाल्न आग्रह गरिएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
विदेशको सिको गरेर नियम लाद्नुअघि सडक पूर्वाधार सुधार गरियोस्: अध्यक्ष सिटौला
-
सीजेपी आन्दोलन : मोदीले अनुमान गर्न नसकेको भारतको युवा आन्दोलन
-
ट्राफिक व्यवस्थापनमा ‘पहिला म’ होइन ‘पहिला तपाईं’ भन्ने संस्कार आवश्यक: राजेश हमाल
-
स्रोत नखुलेको साढे ६ लाखसहित उपसचिव पक्राउ
-
जोरपाटीबाट एसएलआरको गोलीसहित एक जना पक्राउ
-
आयोगलाई ‘आधुनिक र प्रविधिमैत्री’ बनाउने प्रस्तावित प्रमुख आयुक्त र आयुक्तहरूको कार्ययोजना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण