शनिबार, ०८ मङ्सिर २०८१
ताजा लोकप्रिय

सत्तारुढ गठबन्धनले दोलखाको भागबण्डा टुंगो लगायो

शुक्रबार, ०९ वैशाख २०७९, २१ : ०७
शुक्रबार, ०९ वैशाख २०७९

सत्तारुढ गठबन्धनले दोलखाको स्थानीय तहमा भागबण्डा टुङ्ग्याएको छ । शुक्रबार बसेको बागमती प्रदेश स्तरीय पाँच दलीय गठबन्धनको बैठक आगामी निर्वाचनका लागि पदीय भागबण्डा टुङ्ग्याएको हो । यसअघि पटक पटक बसेको दोलखाको ५ दलीय गठबन्धन संयन्त्रको बैठकले भागबण्डाको विषयमा ठोस निर्णय लिन नसकेपछि सो विवाद प्रदेशस्तरीय संयन्त्रमा पुगेको थियो । 

नेपाली काँग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको संयोजकत्वमा बसेको गठबन्धनको प्रदेशस्तरीय संयन्त्रको बैठकले भागबण्डाको विषय टुङ्ग्याएको हो । 

बैठकमा काँग्रेस बागमती प्रदेश सभापति बानियाँ, माओवादी केन्द्र बागमती प्रदेश अध्यक्ष सरल सहयात्री, नेकपा एकीकृत समाजवादी पार्टीका उपाध्यक्ष एवम् बागमती प्रदेश इन्चार्ज केदार प्रसाद न्यौपाने, जसपा बागमती प्रदेश अध्यक्ष सोनाम सिं स्याङतान, राष्ट्रिय जनमोर्चा बागमती प्रदेश प्रतिनिधि मीना पुन लगायतको उपस्थित रहेको थियो ।

यस्तो छ दोलखाको पालिका अनुसारको भागबण्डा 

 १. जिरी नगरपालिका
प्रमुखः नेपाली काँग्रेस
उपप्रमुखः माओवादी केन्द्र
२. कालिन्चोक गाउँपालिका 
अध्यक्ष: नेपाली काँग्रेस
उपाध्यक्षः माओवादी केन्द्र
३. गौरीशकर गाउपालिका
अध्यक्ष: माओवादी केन्द्र
उपाध्यक्ष नेपाली काँग्रेस 
४. तामाकोशी गाउँपालिका 
अध्यक्षः एकीकृत समाजवादी
उपाध्यक्ष नेपाली काँग्रेस 
५ बैतेश्वर गाउँपालिका
अध्यक्षः नेपाली काँग्रेस
उपाध्यक्षः नेकपा माओवादी केन्द्र 
६ शैलुङ गाउपालिका
अध्यक्षः नेकपा(माओवादी केन्द्र
उपाध्यक्ष: नेपाली काँग्रेस 
७ मेलुङ गाउँपालिका
अध्यक्षः एकीकृत समाजवादी
उपाध्यक्ष नेपाली काँग्रेस 
८. विगु गाउँपालिका
अध्यक्ष नेकपा माओवादी केन्द्र
उपाध्यक्ष नेपाली काँग्रेस 
९. भिमेश्वर नगरपालिका​
प्रमुखः नेपाली काँग्रेस
उपप्रमुखः एकीकृत समाजवादी
जिल्ला समन्वय समिति प्रमुख- नेकपा माओवादी केन्द्र उप-प्रमुख- एकीकृत समाजवादी
सदस्य सम्पुर्ण : नेपाली काँग्रेस 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप