अफगानिस्तानमा टिकटक र पब–जीमाथि प्रतिबन्ध
अफगानिस्तानको तालिवान सरकारले रमाइला तथा सन्देशमुलक भिडियो आदानप्रदान गरिने सामाजिक सञ्जाल टिकटक र अनलाइन खेल पब–जीमा प्रतिबन्ध लगाएको छ ।
तालिवानका प्रवक्ता इनामुल्लाह सामानगानीले अफगानिस्तानका युवाहरू भ्रमपूर्ण दुनियाँमा रमाउन थालेको भन्दै टिकटक र पब–जीमाथि प्रतिबन्ध लगाउन आदेश दिइएको जानकारी दिएका हुन् ।
यसअघि तालिवानले सार्वजनिक रूपमा गीत संगीत सुन्न, चलचित्र र टेलिभिजन हेर्नमा पनि रोक लगाएको थियोे । तालिवानको यो निर्णयप्रति युवापुस्ताको असन्तुष्टि रहेको छ । यद्यपि तालिवान सरकारसँग डरका कारण आवाज उठाउन उनीहरू असमर्थ छन् ।
अफगानिस्तानको सत्ता हातमा लिँदा अफगानी जनताप्रति नरम नीति लिने घोषणा गरेको तालिवानले एकपछि अर्को गर्दै महिला, बालबालिका र युवापुस्ता लक्षित प्रतिबन्ध लगाउँदै आएको छ ।
प्रतिबन्ध कहिलेसम्म लागू हुन्छ भन्नेबारे तालिवान सरकार केही बोलेको छैन । अफगानिस्तानमा पछिल्लो समय इन्टरनेट प्रयोगकर्ताहरूको संख्यामा उल्लेख्य वृद्धि भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान