बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

विद्युतीय सवारी साधन प्रयोग गर्न मन्त्री पौडेलको आग्रह

बिहीबार, ०८ वैशाख २०७९, २३ : १६
बिहीबार, ०८ वैशाख २०७९

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगलाई बढाउनुपर्ने बताएका छन् । विद्युतीय सवारी साधनसम्बन्धी आजको अन्तरक्रियामा उनले वायु प्रदूषण कम गर्न विद्युतीय सवारी साधनको प्रयोगमा जोड दिनुपर्ने बताए ।

पेट्रोलियम पदार्थको विश्वव्यापी बढ्दो उपभोग र आकासिँदै गएको मूल्यले देशको मुद्रा बाहिरिएको भन्दै मन्त्री पौडेलले विद्युतीय सवारीको प्रयोगलाई बढवा दिनुपर्नेमा जोड दिए । “यातायात क्षेत्रमा प्रयोग हुने खनिज इन्धनबाट हुने मुद्रा बर्हिगमन, वैदेशिक निर्भरता, वातावरण प्रदूषण विश्वमा भएको जलवायु परिर्वतनको असर, हरित ग्यास तथा हानिकारक कणजन्य तत्वको उत्सर्जन गर्ने विषयजस्ता कार्यमा यातायात क्षेत्रबाट वातावरणमा उत्पन्न हुने नकरात्मक असरलाई न्यूनीकरण गर्दै हरित विकास गर्नुपर्ने अवश्यकता छ”, मन्त्री पौडेलले भने ।

उनले देशमा वायु प्रदूषण बढिरहेको बताउँदै प्रदूषण नियन्त्रणका लागि आवश्यक पर्ने उपयुक्त विधि पहिल्याउन अनुसन्धानकर्तालाई आग्रह गर्नुभयो । “मूल्य वृद्धि र वायु प्रदूषण दिनप्रतिदिन बढिरहेको छ”, मन्त्री पौडेलले भने“अहिलको अवस्थालाई मध्यनजर गर्दै विद्युतीय सवारीको प्रयोगलाई सरकारले प्राथमिकतामा राख्नुपर्छ ।”

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप