अफगानिस्तानको मस्जीदमा फेरि विस्फोट, कम्तीमा २५ को मृत्यु
अफगानिस्तानमा फेरि अर्को विस्फोटनको घटना भएको छ । कुन्दुज प्रान्तमा रहेको एउटा मस्जीदमा भएको विस्फोटनमा परी कम्तीमा २५ जनाको मृत्यु भएको हो । घटनामा पनि अरु झण्डै ४० जना घाइते भएको प्रारम्भिक विवरण प्राप्त भएको अधिकारीहरुले जानकारी दिएका छन् ।
हरेक शुक्रबार हुने प्राथना सकिएको केही समयमै मस्जीदमा विस्फोट भएको प्रत्यक्षदर्शीहरुले बताएका छन् । स्थानीय समयअनुसार दिउसो २:३० बजे विस्फोट भएको हो । घाइतेहरूलाई उपचारका लागि विभिन्न अस्पतालमा लगिएको छ ।
घटनामा परी घाइते भएका मध्ये केहीको अवस्था गम्भीर रहेकाले मृतकको सङ्ख्या बढ्न सक्ने स्वास्थ्यकर्मीले बताएका छन् । घटनास्थललाई अहिले तालिवान सरकारका सुरक्षाकर्मीले नियन्त्रणमा लिएर अनुसन्धान अगाडि बढाएका छन् । घटनाका बारेमा अहिलेसम्म कसैले जिम्मेवारी लिएको छैन । यसअघि गत बिहीबार भएको विस्फोटनको घटनामा परी ३४ जनाको मृत्यु भएको थियो भने ८० जना घाइते भएका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
‘सरकारले कुनै खास संस्थालाई विघटन गर्नेगरी कानुन ल्याउन पाउँदैन’
-
सिक्टा सिँचाइमा भ्रष्टाचार : पूर्वमन्त्री विक्रम पाण्डेविरुद्धको मुद्दा सर्वोच्चको न्यायिक परीक्षणमा
-
चीनको नाका जोड्ने कालिकोट–हिल्सा सडक स्तरोन्नति गर्दै सरकार
-
बजेट क्यालेन्डर एक वर्षमै फेल, अर्थमन्त्री भन्छन्, ‘हामीले विचित्रको अभ्यास गरेछौँ’
-
अर्थमन्त्रीको प्रष्टीकरण– सरकारले डेटामा खेल्दैन
-
वरिष्ठ अधिवक्ता त्रिपाठीमाथि कुटपिट गर्ने थप १ जना पक्राउ