राजीनामा दिएसँगै भरतपुरबाट रेनु दाहालको बिदाइ
अर्को कार्यकालका लागि सत्ता गठबन्धनको साझा उम्मेदवारको रुपमा मेयर पदमा उठ्ने भएपछि राजीनामा दिएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको बिदाइ गरिएको छ । कार्यवाहक प्रमुख पार्वती शाह ठकुरीको उपस्थितिमा शुक्रबार महानगरपालिकाले दाहाललाई बिदाइ गरेको हो ।
सोही अवसरमा अर्को कार्यकाल चुनाव लड्न लागेका वडाअध्यक्ष तथा वडा सदस्यहरूलाई पनि महानगरपालिकाले बिदाइ गरेको थियो । कार्यवाहक प्रमुख पार्वती शाह ठकुरी र प्रमुख प्रशासकीय अधिकृत रामबन्दु सुवेदीले दाहालसहित वडाअध्यक्षहरू प्रकाश दवाडी ,चित्रसेन अधिकारी , विष्णुराज महतो ,राजेन्द्रमणि काफ्ले, विजय भूजेल लगायतलाई खादा लगाएर बिदाइ गरेका थिए । सो क्रममा कार्यबाहक प्रमुख ठकुरीले प्रमुख तथा अन्य वडाध्यक्षहरूलाई आसन्न निर्वाचनमा बिजयी भई पुनः स्वागत गर्न आफूआतुर रहेको भन्दै शूभकामना दिइन् ।
सो क्रममा दाहालले आफूले आसन्न स्थानीय निर्वाचनमा उमेद्वारी दिने योजनाका साथ राजीनामा गरी निर्वाचनमा होमिएको बताउँदै कार्य सम्पादनको ५ वर्षको अनुभूतिहितको मन्तव्य राखेकी थिइन् । दाहालले भरतपुर महानगरपालिका देशकै पालिकाहरूमा अब्बल बन्न सकेको भन्दै खुसी व्यक्त गरिन् ।यो अवधिमा भरतपुर महानगरपालिकाले महानगरको समग्र विकासमा ठूलो छलाड्ग मारेको उनको भनाइ थियो ।
कार्यक्रममा भरतपुर महानगरका प्रवक्ता तथा वडा नम्बर १० का अध्यक्ष अरूण पीडित भण्डारीले बिदाई हुने सबै जनप्रतिनिधिहरूलाई उज्जल भविष्यको कामना गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
बढ्दो गर्मीका कारण बालबालिकाको शिक्षा र स्वास्थ्यमा प्रभाव
-
गर्मी छल्न विद्यालयहरू धमाधम बन्द गरिँदै
-
पैसाको लेनदेन विवादमा युवतीको हत्या
-
बिपी राजमार्गः रातको समयमा अनिश्चितकालीन बन्द थप
-
वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने
-
यी हुन् ८ विश्वविद्यालयमा उपकुलपति पदमा सर्ट लिस्ट भएका आवेदकहरू
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण