मङ्गलबार, ०२ पुस २०८१
ताजा लोकप्रिय

तीन महिना पूरा भएपछि बुस्टर खोप लगाउन मिल्ने

शुक्रबार, ०९ वैशाख २०७९, २० : २३
शुक्रबार, ०९ वैशाख २०७९

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले कोरोना भाइरस विरुद्धको खोप तीन महिना पूरा भएपछि पुनःबुस्टर खोप लगाउने भएको छ । यसअघि पूर्ण मात्रा खोप लगाएको ६ महिना पूरा भएकालाई मात्र बुस्टर खोप लगाउने मिल्ने भएता पनि अबदेखि पूर्ण मात्रा खोप लगाएको तीन महिना पूरा गरेकालाई बुस्टर खोप दिन थालिएको मन्त्रालयका सहप्रवक्ता डा समीरकुमार अधिकारीले जानकारी दिए ।

पछिल्लो अध्ययनले पूर्ण खोप लगाइएको तीन महिना पूरा भएकालाई पनि बुस्टर खोप लगाउने मिल्ने देखिएको हो । मन्त्रालयले १८ वर्षदेखि माथिका उमेर समूहलाई पूर्ण खोप लगाएको तीन महिना पूरा भएकालाई बुस्टर मात्रा खोप लगाउन आग्रह गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप