एमाले काठमाडौं महानगरको प्रतिवद्धतापत्र: मनोरेलदेखि जेष्ठ नागरिक अस्पताल र १८ हजार भत्ताको आश्वासन
नेकपा एमाले काठमाडौं महानगर कमिटीले स्थानीय तह निर्वाचनका लागि प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । माथिल्ला सरकारहरुको मनोरेल, मेट्रोरेलको रणनीति तर्जुमा गर्नेदेखि महानगरका जेष्ठ नागरिकहरुलाई वार्षिक १८ हजार भत्ता दिने उल्लेख छ ।
त्यस्तै महानगरका सडक र चोकहरुमा स्मार्ट स्ट्रिट लाइट तथा हाइमास्ट जडान गरिने पनि प्रतिवद्धता जनाएको छ । सामाजिक सेवा अन्र्तगत महानगरपालिकाले ७५ वर्षभन्दा माथिका वरिष्ठ ज्येष्ठ नागरिकहरुलाई दिदै आएको बार्षिक रु. १२००० विशेष भत्ता बृद्धि गरी रु. १८,००० पु¥याइने एमालेले जनाएको छ । त्यस्तै महिला बालबालिका सचेतना तथा क्षमता विकास कार्यक्रमलाई प्राथमिकतामा राखी सञ्चालन गर्न प्रत्येक वडामा महानगर महिला सहजीकरण केन्द्र स्थापना गरिने, काठमाडौं उपत्यका खानेपानी लिमिटेडको ब्यबस्थापन प्रभावकारी ढङ्गले गर्ने, रिचार्ज काठमाडौं अभियानलाई थप प्रभावकारी बनाउने उल्लेख छ ।
प्रतिवद्धतापत्रमा वर्षात्को पानी संकलन तथा पुनर्भरण कार्यका लागि रेन सेन्टर नेपालको स्थापना गरिने एमाले महानगरको प्रतिवद्धता छ । सम्पदा संरक्षण तथा पर्यटन अन्र्तगत पुनर्निर्माण हुन बाँकी रहेका सम्पूर्ण पाटी, सत्तल, ल्वहंहिटी आदि सम्पदाहरूको निर्माण कार्य सम्पन्न गरिनेछ र भद्रकाली, महाँकाल, वडा २५ को नउदेगः, संकटा मन्दिर लगायतका सम्पदाहरूको पुनर्निर्माण गरिनेछ उल्लेख छ ।
त्यसैगरी काठमाडौंको फोहरमैला व्यवस्थापनमा निजी क्षेत्रसँग परियोजना विकास सम्झौता गरी आगामी आर्थिक बर्षको शुरुदेखि यस परियोजनालाई कार्यान्वयनमा लगिने पनि एमाले महानगरको प्रतिवद्धता छ । त्यस्तै फोहरमैलाबाट ऊर्जा उत्पादन गरी वेस्ट टु इनर्जी काठमाडौंको फोहरमैला समस्या दीर्घकालीन रुपमा समाधान गरिने, काठमाडौंलाई खाद्य हरित शहरका रुपमा विकास गर्ने, गुणस्तरीय एवम्न्यूनतम स्वास्थ्य सेवा प्राप्त गर्न पाउने हकलाई सुनिश्चित गर्न काठमाडौं महानगरपालिका क्षेत्रमा सञ्चालित सबै सरकारी, निजी र सामुदायिक अस्पतालबाट प्रदान गरिने स्वास्थ्य सेवाको गुणस्तर नियमन र अनुगमन गर्ने सरकारी वा सामुदायिक अस्पतालहरूसँगको सहकार्यमा कम्तिमा ५० शैयाको महानगर ज्येष्ठ नागरिक अस्पताल सञ्चालनमा ल्याउने प्रतिवद्धतामा उल्लेख छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
ओझेलमा राजापानी सिद्धेश्वर महादेव
-
कस्तो रहला तपाईँको आजको दिन ? हेर्नुहोस् राशिफल
-
पश्चिमी वायुको प्रभाव कायमै, आज यी चार प्रदेशमा हल्का वर्षाको सम्भावना
-
राष्ट्र बैङ्कको रिपोर्ट : गण्डकीमा कृषि भूमि घट्यो
-
डलरको भाउ बढेको बढ्यै, कसको मूल्य कति ?
-
एलियान्जमा चम्किए ह्यारी केन, दोस्रो गोल गरेको २ मिनेटमै ह्याट्रिक