चैतमा भित्रियो ४ अर्बको साढे ७ लाख सेट स्मार्टफोन, सूचना चुहिएको आशंका

चैत महिनामा विदेशबाट ४ अर्ब रुपैयाँ बराबरको स्मार्टफोन भित्रिएको पाइएको छ । यसअघिका महिनामा औसतमा ३ अर्ब ७५ करोड रुपैयाँ बराबरको स्मार्टफोन भित्रिँदै आएको थियो । जुन, चैत महिनामै ४ अर्बको भित्रिएको भन्सार विभागले जानकारी दिएको हो ।
फागुन महिनासम्म विदेशबाट ३० अर्ब ९९ करोड रुपैयाँ बराबरको स्मार्टफोन आयात भएको थियो । जुन, चैत महिनासम्म आइपुग्दा ३४ अर्ब ९७ करोड रुपैयाँ पुगेको हो । यसको अर्थ, चैत महिनामा मात्रै ३ अर्ब ९८ करोड रुपैयाँको स्मार्टफोन आयात भएको हो ।
हालसम्म विदेशबाट कुल ५० लाख स्मार्टफोन सेट भित्रिएका छन् । यीमध्ये करिब साढे ७ लाख सेट स्मार्टफोन चैत महिनामा मात्रै भित्रिएको देखिएको छ । यसअघि, फागुन महिनासम्ममा ४२ लाख ५९ हजार सेट स्मार्टफोन भित्रिएका थिए ।
खासगरी, नेपाल राष्ट्र बैंकले रित्तिँदो अवस्थामा रहेको विदेशी मुद्राको सञ्चिती बाहिरिनबाट रोक्न भन्दै एलसी (वस्तु आयात गर्दा राख्नुपर्ने बैंक ग्यारेन्टबापतको रकम) मा कडाई गरेको थियो । तर, नेपाल सरकारले गर्भनर महाप्रसाद अधिकारीले महत्वपूर्ण सूचना चुहाएकोभन्दै छानबिनका लागि निलम्बन गरेको थियो ।
एक महिनामै अस्वाभाविकरूपमा अर्बौ रुपैयाँको स्मार्टफोन भित्रिँदा सूचना चुहिएको आशंका गरिएको छ । यसअघि, कडाई हुने सूचना पाएपछि करोडौं रुपैयाँको सयौं सवारी साधन भित्र्याउन एलसी खोलिएको खुलेको थियो । यसलाई पनि संकास्पदरूपमा हेरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पौडी खेल्ने क्रममा डुबेर मृत्यु
-
एमालेलाई गुरुङको जग्गादान : सर्वोच्चले कानुनसम्मत देखेको आधार (पूर्णपाठ)
-
सांसद विष्णु पन्थीको पक्राउ पुर्जी प्रकरण : के गर्दैछ रुपन्देही प्रहरी ?
-
आफ्नो वायु रक्षा प्रणालीमा शत्रु घुस्न असम्भव : भारतीय सेना
-
१० बुँदे घोषणापत्र जारी गर्दै सम्पन्न भयो ‘कर्णाली छोरी सम्मेलन’
-
पाकिस्तानका पूर्व प्रधानमन्त्रीले किन गरेका थिए शाहरुख खानलाई गाली ?