सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

एमालेबाट निर्वाचित पूर्वगाविस अध्यक्ष सुब्बा राप्रपामा प्रवेश

शुक्रबार, ०९ वैशाख २०७९, १९ : ४०
शुक्रबार, ०९ वैशाख २०७९

नेकपा एमालेका १ नं. प्रदेश कमिटी सदस्य इन्द्रबहादुर सुब्बा राष्ट्रिय प्रजातन्त्र पार्टीमा प्रवेश गरेका छन् । कानेपोखरीको रमाइलोमा आज भएको राप्रपाको सभाबाट सुब्बाले एमाले परित्याग गरेका हुन् ।

उनलाई राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले स्वागत गरे । सुब्बा  २०४९ मा तत्कालिन केरौन गाविसबाट अध्यक्षमा निर्वाचित भएका थिए । आफ्नो टिमबाट ६० जना कार्यकर्ता राप्रपामा प्रवेश गरेको उनले बताए । सुब्बाको टिम बाहेक झण्डै ७ सय जनालाई पार्टी प्रवेश गराएको राप्रपा अध्यक्ष लिङ्देनले बताए ।

कार्यक्रममा पूर्वमन्त्री रामकुमार सुब्बा, राप्रपाका महामन्त्री प्रल्हाद साह, सहमहामन्त्री दिनेश प्रसाद साह, प्रवक्ता भक्ति प्रसाद सिटौला, पुष्प खतिवडा, महिला नेतृ जीता बराल, राप्रपाका नेपोखरीका अध्यक्ष मोहन गौतमलगायतको सहभागिता थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप