नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश हुने
जेठ २२ देखी २८ गते सम्म गण्डकी प्रदेशमा आयोजना हुने नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल समावेश गरिने भएको छ । सिंहदरबारस्थित युवा तथा खेलकुद मन्त्रालयमा शुक्रबार बसेको राखेपको बोर्ड बैठकले आसन्न नवौं राष्ट्रिय खेलकुदमा ३६ खेल र दुई प्रदर्शनी खेल आयोजना गर्ने निर्णय गरेको छ ।
बैठकबारे निर्णय सार्वजनिक गर्दै राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव टंक लाल घिसिङले ३६ खेल समावेश गर्ने निर्णय भएको जानकारी दिएका हुन । तीन वर्षपछि राष्ट्रिय खेलकुद परिषद् बोर्ड बैठक सम्पन्न भएको छ । राष्ट्रिय खेलकुद विकास ऐन २०७७ कार्यान्वयनमा आएपछि पहिलो पटक राखेपको बोर्ड बैठक बसेको हो । युवा तथा खेलकुद मन्त्री तथा राखेपका अध्यक्ष महेश्वर गहतराजको अध्यक्षतामा शुक्रबार बसेको बोर्ड बैठकले राष्ट्रिय खेलकुद आयोजना सँगै १९औं एसियाली खेलकुदमा सहभागि हुने खेलको पनि टुङ्गो लगाएको हो । यसका अलावा बैठकले बिभिन्न महत्वपूर्ण निर्णयहरु समेत पारित गरेको छ ।
राष्ट्रिय खेलकुदमा ३६ खेल तथा दुई प्रदर्शनी खेल समावेश गरिने भएको हो । राष्ट्रिय खेलकुदमा क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, भारत्तोलन, सुटिङ, ब्याडमिन्टन, टेबल टेनिस, बक्सिङ, भलिबल, बुद्धिचाल, खो खो, कराते, जिम्नास्टीक, कबड्डी, पौडी, ह्याण्डबल, जुडो, कुस्ती, सफ्ट टेनिस, स्क्वास, तेक्वान्दो, उसु, बास्केटबल, शारीरिक सुगठन, फुटबल कन्ट्याक्ट कराते, आईटिएफ तेक्वान्दो, सेपाक्ताक्रो, गल्फ, आर्चरी, साईक्लिङ, फेन्सिङ, ट्रायथोलन, प्याराग्लाईडिङलाई समावेश गरिने छ । छेलो र क्यानोइङलाई प्रदर्शनी खेलको रुपमा राखिएको छ ।
यस्तै क्रिकेट, फुटबल, टेनिस, हक्की, एथलेटिक्स, फुटबलजस्ता खेलहरु आउटडोरमा हुनेछन् र वर्षा भएको खण्डमा प्रभावित हुने सम्भावना बढी हुन्छ । तर सदस्य सचिव घिसिङले त्यस्तो अवस्था आए खेलको मिति परिवर्तन गर्न सकिने बताए । साथै उनले स्थानिय तहको निर्वाचनले खेलकुदलाई प्रभावित नपार्ने बताए । यसका साथै उनले प्रदेशको खेलाडी छनोटका लागि संघिय प्रदेश, विभागीय टोली तथा एनआरएनलाई जिम्मेवारी दिइएको छ । जेठ १० गतेभित्र खेलाडी तथा पदाधिकारीको दर्ता गरिसक्नु पर्ने मिति तोकिएको छ । यस्तै बजेट बाट १९औ एसियाली खेलकुद तयारी प्रभावित नहुने समेत बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
अन्नपूर्ण पदमार्गमा बृहत् सरसफाइ
-
अत्यावश्यक बाहेकका विद्युतीय सामग्री नचलाउन प्राधिकरणको अनुरोध
-
हुम्लामा आगलागीबाट तीनतले घर नष्ट
-
पर्यटक भिसामा काठमाडौँ आएर व्यापार गर्ने दुई चिनियाँ नागरिक पक्राउ
-
प्रधानमन्त्री र मन्त्रीहरूको सम्पत्ति छानबिन नगर्ने निर्णय सुशासन विरुद्ध: राष्ट्रिय जनमोर्चा
-
त्रिभुवन विमानस्थलमा १५ मिनेटसम्म ‘पिक एण्ड ड्रप’ गर्दा पार्किङ शुल्क नलाग्ने
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण