शुक्रबार, २१ वैशाख २०८१
ताजा लोकप्रिय

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धनको बैठक जारी

शुक्रबार, ०९ वैशाख २०७९, १९ : २०
शुक्रबार, ०९ वैशाख २०७९

सुदूरपश्चिम प्रदेशमा सत्ता गठबन्धन चार दलीय गठबन्धन बैठक जारी रहेको छ । सहमति जुट्न नसकेका जिल्लाका स्थानीय तहका विषयमा टुङ्गो लगाउन बैठक जारी रहेको नेताहरुको भनाइ छ ।

माओवादी केन्द्रका नेता रमेश धामीले अहिले बैठक जारी रहेको र आज नै सहमतिको टुङ्गो लगाइने बताए । ‘एक घण्टाभित्रै जे पनि नतिजा आउन सक्छ । पछि सम्पर्क गर्नुहोला’ रातोपाटीसँग उनले भने ।

सत्ता गठबन्धनको बैठक धनगढीस्थित होटल जलसामा बसिरहेको छ । नौ वटा जिल्ला रहेको यस प्रदेशमा ८८ वटा स्थानीय तह रहेको छ । २०७४ सालको निर्वाचनमा यस प्रदेशमा नेपाली काँग्रेस र एमालेले ३९/३९ स्थानीय तहको प्रमुख पदमा निर्वाचित भएको थियो भने १० वटा स्थानीय तहमा नेकपा माओवादी केन्द्रका उम्मेदवार निर्वाचित भएका थिए ।

एमाले विभाजन भएसँगै माधव नेपाल नेतृत्वमा गठित एकीकृत समाजवादीले एमाले निर्वाचित स्थानीय तहमा दाबी बढाउँदै जानु, माओवादी केन्द्र र काँग्रेसले २०७४ सालको निर्वाचनमा दोस्रो भएको स्थानीय तहमा दाबी बढाएपछि गठबन्धनमा सहमतिको टुङ्गो लाग्न सकेको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप