आइतबारदेखि अत्यावश्यकबाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द
निर्माण व्यवसायीहरुले आउँदा आइतबारदेखि अत्यावश्यक काम बाहेक सम्पूर्ण निर्माण कार्यहरु बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका छन् ।
विभिन्न निर्माण सामाग्रीहरुमा अप्रत्यासित रुपमा अत्याधिक मूल्यवृद्धि भएको र यस्तो मूल्यवृद्धिको नभएसम्म निर्माण कार्य सञ्चालन गर्न नसक्ने भन्दै निर्माण व्यवसायीहरुले आइतबारदेखि अत्यावश्यक बाहेका निर्माण कार्य बन्द गरी कन्ट्रक्शन होलिडे गर्ने भएका हुन् ।
शुक्रबार काठमाडौं नेपाल निर्माण व्यवसायी महासंघले पत्रकार सम्मेलन गरी मूल्य समायोजन मार्गदर्शन नं–२ तत्काल जारी गर्न पटक पटक आग्रह गर्दा समेत सरकारले सम्बोधन नगरेपछि बाध्य भएर सम्पूर्ण निर्माण कार्य बन्द गरी आन्दोलनमा जानु परेको बताएका छन् । महासंघका अध्यक्ष रवि सिंहले विदेशी मुद्राको अभावले गर्दा निर्माण सामाग्री आयात गर्न समस्या भएको साथै बैंकहरुले पनि लगानी नगरिरहेको कारण निर्माणको गतिविधि गर्नु पर्ने समयमा गति बढाउन नसेको बताए । उनले मूल्य समायोजन मार्गदर्शन तत्काल जारी गर्न माग समेत गरे ।
यस्तै, महासंघले आउँदो १३ गते मंगलबारदेखि आफ्ना ७७ जिल्ला संघहरूले जिल्ला प्रशासन कार्यालय र ७ वटै प्रदेश महासंघहरुले मुख्यमन्त्रीको कार्यालय प्रत्येक दिन एक घण्टा धर्ना गर्ने पनि जानकारी दिएका छन् । महासंघले बिहिबार ताहाचलस्थित सार्वजनिक खरिद अनुगमन कार्यालय र कुपण्डोलस्थित बीमा समितिको कार्यालयमा पनि एक घण्टा धर्ना दिएका थिए ।
निर्माण व्यवसायीहरुले निर्माण उद्योगमा पछिल्लो समय निर्माण सामाग्रीहरुमा भएको अत्याधिक मूल्यवृद्धि, सार्वजनिक खरिदे नियमावलीको एघारौं संशोधनका केही त्रुटिपूर्ण बुँदा, बिमा निर्देशिका २०७८ का प्रावधान लगायतका कारण निर्माण व्यवसाय धराशायी बन्दै गएको भन्दै गुनासो गर्दै आएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रिय प्रणालीमा जोडियो साञ्जेनबाट उपत्पादित विजुली
-
हस्पिट्यालिटी क्षेत्रमा भिन्न उपस्थिति-‘हर्ष बाटिका’
-
अमेरिकाको म्याडिसनस्थित एक स्कुलमा गोली चल्यो, संदिग्ध छात्रसहित तीन जनाको मृत्यु
-
१२ बजे, १२ समाचार : रविविरुद्ध ३ मुद्दादेखि घट्यो दाल, चामल, तेल र चिनीको बजार भाउसम्म
-
सक्षम र नैतिकवान नागरिक तयार गर्नु सबैको दायित्व : मुख्यमन्त्री कार्की
-
स्थानीय तहमा विपद व्यवस्थापन संस्थागत हुन सकेन : अध्ययन