मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

सदर चिडियाखानामा ‘चिम्पान्जीको घर’ बनाइयो

शुक्रबार, ०९ वैशाख २०७९, १८ : ४५
शुक्रबार, ०९ वैशाख २०७९

सदर चिडियाखानामा रहेका एकजोडी चिम्पान्जीका लागि सुविधा सम्पन्न ‘चिम्पान्जीको घर’ बनाइएको छ । 

शुक्रबार सदर चिडियाखानाको परिसरमा नवनिर्मित ‘चिम्पान्जीको घर’ वन तथा वातावरण मन्त्रालयका सचिव एवं राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य पेमनारायण कंडेल र राष्ट्रिय प्रकृति संरक्षण कोषका सदस्य सचिव शरदचन्द्र अधिकारीले संयुक्त रुपमा उद्घाटन गरेका हुन् ।  उक्त घर चिम्पान्जीका लागि सुविधा सम्पन्न रहेको तथा चिडियाखाना आउने दर्शकहरुका लागि पनि सजिलै अवलोकन गर्न सकिने गरि निर्माण गरिएको सदर चिडियाखानाले बताएको छ ।

चिडियाखानामा रहेका एक जोडी चिम्पान्जीबा बच्चा २०७४ साल असोज ३१ गते अवैध रुपमा नेपाल ल्याइएको अवस्थामा केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी)ले उद्धार गरी चिडियाखानामा ल्याइएको जनाइएको छ । चिडियाखाना आइपुग्दा चिम्पान्जीको भाले बच्चा अन्दाजी ३ महिनाको र तौल ३.५ केजी रहेको तथा पोथी बच्चा अन्दाजी ६ महिनाको र तौल ४ केजी रहेकोमा हाल भालेको तौल २१ केजी र पोथीको तौल २४ केजी रहेको छ । चिम्पान्जीलाई मौसम अनुसारको फलफूल, सागसब्जी, दुध, पाउरोटी, मह खुवाउने गरिएको छ ।

चिम्पान्जीको जोडीलाई प्रभुशम्शेर जबरा तथा राजी राणा ट्रष्टकी राजी राणाले वार्षिक दश लाख रुपैयाँ उपलब्ध गराएर अभिभावकत्व लिनुभएको जानकारी दिइएको छ । चिडियाखानाले वन्यजन्तु अभिभावकत्व अभियान सुरु गरेको र यस अभियान अन्र्तगत चिडियाखानाका वन्यजन्तुहरुको आवश्यक आहारा, स्याहार, स्वास्थ्योपचार खर्च लगायतका सम्पूर्ण अभिभावकत्व जो कोहीले लिन सक्ने सदर चिडियाखानाले स्पष्ट पारेको छ ।

१२० रोपनी क्षेत्रफलमा फैलिएको सदर चिडियाखानामा हाल ११३ प्रजातिका विभिन्न वन्यजन्तुहरू प्रदर्शनीमा रहेका छन् । सदर चिडियाखानाले वार्षिक रुपमा औसत ३०० वन्यजन्तुको उद्धार गर्दै आएको बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप