मङ्गलबार, २५ वैशाख २०८१
ताजा लोकप्रिय

क्रान्ति गर्छु भनेर हिँडेका विप्लवले संसदीय बाटो रोजे : वैद्य

शुक्रबार, ०९ वैशाख २०७९, १८ : ३७
शुक्रबार, ०९ वैशाख २०७९

नेकपा (क्रान्तिकारी माओवादी) का महासचिव मोहन वैद्य ‘किरण’ ले माओवाद सार्वभौम विचार रहेको बताएका छन् । शुक्रबार राजधानी संवाद डबलीमा वामपन्थी बुद्धिजीवी डा ऋषिराम बरालको ‘सार्वभौम माओवाद र उत्तरमाक्र्सवादी विभ्रम’ पुस्तक विमर्श कार्यक्रममा उनले सो बताएका हुन् ।

 प्रमुख वक्ताका रूपमा धारणा राख्दै माओवादी नेता किरणले माओवाद मार्क्सवाद लेनिनवादबाट अलग नरहेको र सम्पूर्ण किसिमका प्रतिक्रियावादी विचार र शक्तिका साथै उत्तरमाक्र्सवाद र संशोधनवादका विरुद्ध माओवादले नै सङ्घर्षको नेतृत्व गरिरहेको पनि बताए । पुस्तक माओका सबै योगदानहरूको स्थापना र सकारात्मक मूल्याङ्कनमा केन्द्रित रहेको प्रस्ट पार्दै मार्क्सवादी चिन्तक किरणले भने, ‘अहिलेको सबैभन्दा प्रतिक्रियावादी धारा उत्तरआधुनिकतावाद हो । यसका विरुद्ध मालेमावादले नै लड्न र विजय हासिल गर्न सक्छ ।’

यसैगरी नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य एवम् स्कुलिङ विभाग प्रमुख हेमन्त प्रकाश ओली ‘सुदर्शन’ले जनमतसङ्ग्रहमा जाने बाटो अन्ततः संवादमा जाने बाटो हो भनेर बरालले आफ्नै पार्टीभित्र चलिरहेको वैचारिक बहस उठाएजस्तो लागेको र त्यो सत्य नहोस् भन्ने अपेक्षा व्यक्त गरे ।

 गलत कुराको विरोध गरिराख्नुपर्ने र विकल्प दिइराख्नुपर्नेमा जोड दिँदै नेता सुदर्शनले नयाँ गर्ने भनेर अघि बढेका विप्लवले पनि संसदबाटै समाजवादको विकल्प खोजेर पुरानो बाटो रोजेको बताए । कार्यक्रममा लेखक डा बरालले नेपालमा अझ पछिल्लो पुस्ता माक्र्सवादी र कम्युनिष्ट विचारप्रति विभिन्न विभ्रमका साथै वितृष्ण जागेकोले त्यसलाई चिर्न सो किताब लेखेको बताए । नेपाली कम्युनिष्ट नेताहरुमा अध्ययन भन्दा टिपन टापनको संस्कारले जरा गाडेकोले त्यसलाई सच्याए मात्रै वास्तविक नेता बन्ने धारणा व्यक्त गरे ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप