जनकपुरधामका प्रमुख-उपप्रमुखले दिए राजिनामा
जनकपुरधाम उपमहानगरपालिकाका नगरप्रमुख र उपप्रमुखले राजीनामा दिएका छन् । यही वैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पुनः उम्मेदवार बन्नका लागि नगरप्रमुख लालकिशोर साह र उपप्रमुख रीता कुमारी मिश्रले प्रमुख प्रशासकीय अधिकृतसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
राजीनामा पछि उनीहरुको उपमहानगरपालिकाले बिदाई गरेको छ । बिदाई समारोहमा बोल्दै नगरप्रमुख साहले आफूले ५ वर्षको कार्यकालमा ल्याण्डफिल्ड साइटको व्यवस्था गर्न नसकेकोप्रति दुःख व्यक्त गरे । उनले नगरमा विकासका लागि आफुले अनेकन कार्यहरु गरेको बताए ।
नगरप्रमुख साहले जनता समाजवादी पार्टीबाट पुनः उक्त पदमा उम्मेदवारी दिन राजीनामा दिएका हुन् भने उपप्रमुख मिश्र लोकतान्त्रिक समाजवादी पार्टीबाट पुनः उपप्रमुख पदमा उम्मेदवारीका लागि आकांक्षी छन् । यस्तै जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ४ का सुदर्शन सिंहले पनि राजीनामा दिएका छन् ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
म्याग्दीको दोसल्ले गाउँबाट रु एक करोड ५० लाख बढीको सुन्तला बिक्री
-
झापामा शून्य खनजोत प्रविधिबाट मकैखेती
-
सहकारीको पैसामा मिटरब्याजको धन्दा, खाली चेक लिँदै, मुद्दा हाल्दै
-
चितवन राष्ट्रिय निकुञ्ज घुम्नेमा स्वदेशी भन्दा विदेशी बढी
-
कालोपत्र सडकले जोडियो सर्दी, हट्यो वर्षौदेखिको दुःख
-
आज दोस्रो क्वालिफायर : हारले घाइते जनकपुर र जितले उत्साहित कर्णालीबिच ‘गर या मर’ को भिडन्त