उम्मेदवार नभएका क्षेत्रको मतपत्रमा चुनाव चिन्ह नराख्न माओवादीकाे माग
शुक्रबार, ०९ वैशाख २०७९, २३ : ००
नेकपा माओवादी केन्द्रले उम्मेदवार नभएका स्थानीय तहमा मतपत्रमा चुनाव चिन्ह नराख्न माग गरेको छ। उम्मेदवारै नभएको स्थानीय तह प्रमुख र उपप्रमुखसहित वडाका मतपत्रमा चुनाव चित्त नराख्न शुक्रबार निर्वाचन आयोगलाई ध्यानाकर्षण गराएको हो।
स्थानीय चुनावमा सत्ता गठबन्धन भएपछि अधिकांश क्षेत्रमा उम्मेदवारै नहुने भएपछि माओवादीले मतपत्रमा समेत चुनाव चिन्ह हटाउन आग्रह गरेको पार्टी कार्यालय सचिव श्रीराम ढकालले बताए। ‘सबै स्थानीय तहका प्रमुख र उपप्रमुखसहित वडामा दलका उम्मेदवार नहुन सक्छन् त्यस्तो अवस्था चाहिने भन्दा बढी चुनाव चिन्ह हुँदा जनता झुक्नि सक्छन भनेर निर्वाचन आयोगमा गएर ध्यानाकर्षण गराएका छौं’ रातोपाटीसँग कुरा गर्दै ढकालले भने,‘उम्मेदवारै नभएको क्षेत्रमा किन चुनाव चिन्ह राख्नु प¥यो? त्यसो भएमा मतपत्र पनि बदर हुँदैन थियो।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण