आज अमेरिकी संसदीय टोली काठमाडौं आउँदै
शुक्रबार, ०९ वैशाख २०७९, १८ : ११
अमेरिकाको उच्च–स्तरीय संसदीय टोली नेपालको औपचारिक भ्रमणको सिलसिलामा आज काठमाडौं आउँदैछ । नेपाल र अमेरिकाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको ७५ औँ वर्ष पुगेको अवसरमा उनीहरुले नेपालको भ्रमण गर्न लागेका हुन् ।
काठमाडौंस्थित अमेरिकी दूतावासका अनुसार सिनेटर किर्स्टन जिलिब्रान्ड (न्यूयोर्क) को नेतृत्वमा टोली नेपाल आउन लागेको हो ।
उत्त टोलीमा सिनेटरहरू शेल्डन ह्वाइटहाउस (रोड आइल्याण्ड), कोरी बुकर (न्यू जर्सी), मार्क केली (एरिजोना) र प्रतिनिधिसभा सदस्य मोन्डेयर जोन्स (१७ औं कङ्ग्रेसनल डिस्ट्रिक्ट, न्यूयोर्क) रहेका छन् ।
अमेरिकी संसदीय टोलीले प्रधानमन्त्री शेरबहादुर देउवा र अन्य सरकारी अधिकारी तथा राजनीतिक नेतृत्वसँग भेटघाट गरेर विभिन्न विषयमा छलफल गर्ने दूतावासले जनाएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मिटरब्याजी आरोपमा प्रदीप मौर्य पक्राउ
-
३३ अंकले बढ्यो नेप्से, ३ कम्पनीमा सकारात्मक सर्किट
-
मूल्य घटसँगै सुन किन्नेको भिड, तस्बिरमा हेर्नुहोस्
-
चुडामणी शर्माको मुद्दामा सर्वोच्चले झिकायो विपक्षी
-
महेश पाण्डेको बयान : घुम्न जान्छु भनेपछि कञ्चन देवकोटालाई जापान पठाएको हुँ
-
छरिएका स्वास्थ्य कार्यक्रमलाई स्वास्थ्य बीमा बोर्डमा ल्याउनुपर्छ : मन्त्री पौडेल