सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

स्थानीय निर्वाचन सुरक्षामा निजी क्षेत्रका हेलिकप्टर प्रयोग गर्ने निर्णय

शुक्रबार, ०९ वैशाख २०७९, २० : ००
शुक्रबार, ०९ वैशाख २०७९

स्थानीय तह निर्वाचनमा सुरक्षामा नीजि क्षेत्रका हेलिकप्टर पनि प्रयोग गर्ने निर्णय गरिएको छ । दुर्गम ठाउँबाट मतपत्र ढुवानी, मतदान क्षेत्रमा सुरक्षाको प्रबन्ध तथा मत पेटिका ओसारपसारमा हेलिकप्टरको प्रयोग गर्ने गृहमन्त्रालयको तयारी छ ।

हेलिकप्टर प्रयोगबारे शुक्रवार गृह मन्त्रालयले वायुसेवा सञ्चालक संघमा आवद्ध एयरलाइन्सका प्रतिनिधिहरू छलफल गरेको छ । निर्वाचन सुरक्षाको लागि आवश्यक परेमा हवाइ सेवा तयारी अवस्थामा राख्ने निर्णय गरिएको गृहमन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले बताए  । 

बैठकले ‘स्थानीय तह निर्वाचनका लागि सुरक्षा व्यवस्था मिलाउने प्रयोजनमा हेलिकोप्टर सेवालाई प्राथमिकताका आधारमा प्रयोग गर्ने’ निर्णय गरेको छ । नीजि हेलिकोप्टर प्रयोग गर्दा पालो भने वायु सेवा सञ्चालक संघले मिलाउने निर्णय भएको गृह मन्त्रालयका पोखरेलले बताए । श्री एयरलाइन्ससँग भएको एमआई–१७ हेलिकप्टर पनि मन्त्रालयलाई आवश्यक परेको बेला तत्काल उपलब्ध हुनेगरी तयारी अवस्थामा राख्ने निर्णय गरिएको छ ।

गृह प्रवक्ता पोखरेलको अध्यक्षतामा भएको बैठकमा मन्त्रालयका उपसचिव गोमादेवी चेम्जोङ र वसन्त भट्टराई, नेपाली सेनाका महासेनानी सञ्जय देउजा, वायु सेवा सञ्चालक संघका कमलेशकुमार बर्मा र अल्टिच्युड एयर, श्री एयरलाइन्स, सिम्रिक एयर, हेली एभरेष्ट, फिस्टेल एयर, प्रभु हेलिकप्टर, मनाङ एयर र एयर डाइनेष्टिका प्रतिनिधिको सहभागिता थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप