सबै विभाजित माओवादी पुनः एकढिक्का हुन प्रचण्डको आह्वान
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादी पार्टीहरू एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विभाजित माओवादीहरू मुल पार्टीमै फर्किन आह्वान गरे ।
‘मैले साथीहरुले मार्मिक ढंगले बहस गर्न थालेको सुनेको छु । किन माओवादी र प्रचण्डलाई गाली गरियो? हामीले पश्चाताप गर्नु पर्छ। हामी माओवादी र प्रचण्ड भएको ठाउँमा जानुपर्छ। भन्ने गरेको सुनेको छु’, उनले भने, ‘हामी सच्चा माओवादीको निम्ति खुसीको कुरा हो ।’
प्रचण्डले बिहीबारमात्रै कैलालीबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको पनि बताए । ‘पार्टी स्थापना दिवसका दिन फेरि अपिल गर्दछु । प्राप्त उपलब्धिको रक्षाका निम्ति एक हुनुपर्छ’, प्रचण्डले भने, ‘माओवादीले ल्याएका परिवर्तनका उपलब्धि उल्ट्याउन षड्यन्त्र भइरहेकाले विभाजित माओवादी एक हुनुको विकल्प छैन ।’
प्रचण्डले अगाडि भने, ‘सबै माओवादी धाराका माओवादीहरूलाई विशेष अपिल गर्दछु। देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइराखेको छ। संघीय लोकतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेको छ। अहिले उत्पीडित समुदायको अधिकार खोस्ने प्रक्रिया रोकिएको छैन । त्यसलाई रोक्नका लागि माओवादी एक हुनैपर्छ ।’ समय धेरै घर्किसकेपछि एकतामा जोडिनुको अर्थ नहुने भन्दै प्रचण्डले त्यसैले समयमै एकतामा जोडिन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राजेश हमालकाे प्रश्न : देशको शासन प्रणाली ‘हिट एन्ड मिस’ को भरमा सञ्चालन गर्नु कत्तिको बुद्धिमानी हो ?
-
चालु आव ‘कानुन निर्माण तथा सुधार वर्ष’ घोषणा, उच्चस्तरीय समिति गठन
-
नेदरल्यान्ड्सविरुद्ध नेपाल १५७ रनमै अलआउट, फेरि धर्मरायो ब्याटिङ
-
कर अधिकृतलाई अर्थमन्त्रीको सम्बोधन– ‘८ खर्ब तपाईंहरूको लक्ष्य हो, बजेटको स्कीमबाट १ खर्ब उठाउनुस्’
-
कांग्रेसको आधिकारिकता विवाद पुनः सर्वोच्चमा
-
सरकार बनाउनका लागि केन्द्रको निर्णय कुर्दै खगराज भट्ट
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण
