सबै विभाजित माओवादी पुनः एकढिक्का हुन प्रचण्डको आह्वान

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सबै विभाजित माओवादी पार्टीहरू एकढिक्का हुनुपर्नेमा जोड दिएका छन् । नेपाल कम्युनिष्ट पार्टीको ७२ औँ स्थापना दिवसको उपलक्ष्यमा आयोजित कार्यक्रममा बोल्दै प्रचण्डले विभाजित माओवादीहरू मुल पार्टीमै फर्किन आह्वान गरे ।
‘मैले साथीहरुले मार्मिक ढंगले बहस गर्न थालेको सुनेको छु । किन माओवादी र प्रचण्डलाई गाली गरियो? हामीले पश्चाताप गर्नु पर्छ। हामी माओवादी र प्रचण्ड भएको ठाउँमा जानुपर्छ। भन्ने गरेको सुनेको छु’, उनले भने, ‘हामी सच्चा माओवादीको निम्ति खुसीको कुरा हो ।’
प्रचण्डले बिहीबारमात्रै कैलालीबाट सबै माओवादी क्रान्तिकारीहरुलाई एकताका निम्ति अपिल गरेको पनि बताए । ‘पार्टी स्थापना दिवसका दिन फेरि अपिल गर्दछु । प्राप्त उपलब्धिको रक्षाका निम्ति एक हुनुपर्छ’, प्रचण्डले भने, ‘माओवादीले ल्याएका परिवर्तनका उपलब्धि उल्ट्याउन षड्यन्त्र भइरहेकाले विभाजित माओवादी एक हुनुको विकल्प छैन ।’
प्रचण्डले अगाडि भने, ‘सबै माओवादी धाराका माओवादीहरूलाई विशेष अपिल गर्दछु। देशमा जनयुद्ध र जनआन्दोलनले स्थापित गरेका मान्यताहरु मुद्दाहरु उल्ट्याउने षड्यन्त्र भइराखेको छ। संघीय लोकतन्त्रलाई कमजोर पार्ने र जनताको घरदैलोमा पुगेको अधिकार खोस्ने षड्यन्त्र भइराखेको छ। अहिले उत्पीडित समुदायको अधिकार खोस्ने प्रक्रिया रोकिएको छैन । त्यसलाई रोक्नका लागि माओवादी एक हुनैपर्छ ।’ समय धेरै घर्किसकेपछि एकतामा जोडिनुको अर्थ नहुने भन्दै प्रचण्डले त्यसैले समयमै एकतामा जोडिन आह्वान गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
१२ बजे, १२ समाचार : शिक्षकलाई विद्यालय फर्कन सरकारको आह्वानदेखि संसदको बजेट अधिवेशन बोलाउन राष्ट्रपतिसमक्ष सिफारिससम्म
-
मकालु हिमाल आरोहण गर्ने कान्छी आरोहि शेर्पा सम्मानित
-
मन्त्रिपरिषद्को आह्वानपछि शिक्षक महासंघले के भन्यो ?
-
शिक्षकहरुलाई विद्यालय फर्कन सरकारको आह्वान
-
वैशाख १२ गते संघीय संसदको बजेट अधिवेशन आह्वान गर्न राष्ट्रपतिसमक्ष सिफारिस
-
मोटरसाइकलको ठक्करबाट ६० वर्षीय पुष्प दासको मृत्यु, ३० वर्षीय दुरेन पक्राउ