शनिबार, ०५ जेठ २०८१
ताजा लोकप्रिय

उपाधि जित्ने एपीएफ र पुलिसको दाबी

शुक्रबार, ०९ वैशाख २०७९, १५ : ५७
शुक्रबार, ०९ वैशाख २०७९

कैलालीको धनगढीमा जारी प्रथम राष्ट्रिय मुख्यमन्त्री वीवाइसी महिला गोल्डकप फुटबल प्रतियोगिताको उपाधिका लागि विभागीय टोलीहरू एपीएफ क्लब र नेपाल पुलिस क्लब शनिबार भिड्दै छन् । धनगढी रंगशालामा शनिबार साँझ हुने फाइनलमा दुबै टोली उपाधिका लागि भिड्न लागेका हुन् ।

वनदेवी युवा क्लबको आयोजना वैशाख ३ गतेदेखि सुरु भएको प्रतियोगिताको उपाधि जित्ने दुबै टिमले दाबी गरेका छन् । शुक्रबार धनगढी रंगशालामा भएको प्रि–म्याच कन्फ्रेन्समा उत्कृष्ट लयमा रहेको एपीएफकी कप्तान अनिता बस्नेतले फाइनल जित्नका लागि खेल्ने बताईन् । उनले रातीको समयमा खेल्दा केही कठिनाई भएको भएपनि उपाधि आफ्नो टिमले जित्ने दावी गरिन् ।

‘पहिलो पटक लाइटमा खेल्दा आउने समस्याले समस्या भईरहेको छ । कुनै वेला लाइट बिग्रिँदा खेलको रिदम बिग्रने समस्या छ ।’ कप्तान बस्नेतले भनिन् । त्यस्तै पहिलो पटक भएको महिला गोल्डपकको उपाधि जित्नै इतिहास बनाउने उनले बताइन् । त्यस्तै एपिएफले सेमिफाइनलमा आर्मीलाई ३–२ ले हराएको थियो भने क्वाटरफाइनलमा विराटनगर महानगरपालिकालाई ८–० को फराकिलो अन्तरले हराएको थियो ।

नेपाल पुलिस क्लबले पनि उपाधि जित्ने योजना रहेको बताएको छ । लामो समयपछि प्रतियोगिताहरूको फाइनलमा पुगेकाले सोही अवसरलाई मौकामा बदल्ने पुलिसको दाबी छ । ‘जित्नको लागि खेल्छौं । सबै जनाले त्यही अनुसार तयारी गरेका छौ,’ पुलिसकी कप्तान घिमकुमारी गुरुङले भनिन् ।

 कप्तान  गुरुङले फ्लट लाइटमा खेलन असहज भएको बताइन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप