एसियन गेम्समा नेपालले २३ खेलमा प्रतिस्पर्धा गर्ने
महिला भलिबल र फुटबलसहित नेपालले आसन्न एसियन गेम्समा २३ खेलमा प्रतिस्पर्धा गर्ने भएको छ । शुक्रबार बसेको राष्ट्रिय खेलकुद परिषद् (राखेप)को बोर्ड बैठकले एसियन गेम्समा सहभागी हुने खेलको टुङ्गो लगाएको बोर्ड बैठकमा सहभागि एक सदस्यले रातोपाटीलाई बताए ।
प्रतियोगितामा तेक्वान्दो, कराते, बक्सिङ, एथलेटिक्स, साइक्लिङ, फुटबल महिला, गल्फ, कुस्ती, भारत्तोलन, जुडो, पौडी, ट्रायथेलन, उसु, आर्चरी, बास्केटबल, कबड्डी महिला, फेन्सिङ, ह्याण्डबल महिला, महिला भलिबल, पुरुष क्रिकेट, सुटिङ, ब्याडमिन्टन र टेबल टेनिसले आसन्न एसियन गेम्समा सहभागी हुने भएका छन् ।
बोर्ड बैठकले एसियन गेम्सको तयारी, खेलाडी छनोट, बन्द प्रशिक्षण र आवश्यक बजेटको प्रक्रिया तत्काल अघि बढाउने निर्णय समेत गरेको छ ।
त्यस्तै बोर्ड बैठकले नवौं राष्ट्रिय खेलकुदमा ३६ खेलमा प्रतिस्पर्धा हुने पनि निर्णय गरेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुनचाँदीको मूल्य घट्यो : कतिमा हुँदैछ कारोबार ?
-
लालसागरमा आक्रमण दोहोरिए कडा सैन्य सजाय दिने ट्रम्पको चेतावनी
-
विकास आयोजनाका विवाद सल्टाउन 'पूर्वाधार न्यायाधिकरण' को काम अन्तिम चरणमा : मन्त्री गौतम
-
करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु
-
साउन २४ गतेबाट अवकाशमा जाने सचिव शर्माले दिए राजीनामा, मन्त्रिपरिषद्ले गर्यो स्वीकृत
-
गुगललाई युरोपेली संघले गर्यो ८९ करोड युरो जरिवाना
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण