बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

महानगरका उम्मेदवार चयन गर्न बोलाइएको काँग्रेस बैठक सर्‍यो

शुक्रबार, ०९ वैशाख २०७९, २० : ००
शुक्रबार, ०९ वैशाख २०७९

नेपाली काँग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सरेको छ । स्थानीय तह निर्वाचनको उम्मेदवारीका सम्बन्धमा आज दिउँसो २ बजेका लागि बोलाइएको बैठक भोलि ११ बजे बस्ने गरी सरेको काँग्रेस मुख्यसचिव कृष्ण पौडेलले जानकारी दिए ।

नेताहरुको व्यस्तताका कारण बैठक सरेको उनको भनाइ छ । काँग्रेसले महानगरपालिका मेयर र उपमेयरका उम्मेदवार चयनका लागि बैठक बोलाएको थियो ।

आज बिहान प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको पदाधिकारी बैठकमा सहमति जुट्न नसकेपछि कार्यसम्पादन समिति बैठक आजका लागि स्थगित गरिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप